युरोकप अन्तर्गत आज (आइतबार) साँझ भएको खेलमा क्रोएसियाविरुद्ध इंग्ल्याण्डले पहिलो गोल गरेको छ।
लण्डनस्थित वेम्बली स्टेडियममा जारी खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो।
पहिलो हाफमा दुबै टोलीले पाएको मौकामा गोल गर्न सकेनन्।
समूह ‘डी’ मा रहेको इंग्ल्यान्ड र क्रोएसिया आज जित निकाल्दै सुखद सुरुवात गर्ने योजनामा छन्।
शुक्रबारदेखि सुरु भएको युरोकपमा हालसम्म चार खेल भएका छन्।
त्यसमा इटली, फिनल्यान्ड र बेल्जियमले जित निकालेका छन् भने स्विटजरल्यान्ड र वेल्सले बराबरी खेलेका छन्।

प्रतिक्रिया