कारोबार


डिशहोमले प्रत्यक्ष प्रसारण गर्दै युरोकप, नेपाली भाषामा पनि कमेन्ट्री सुन्न सकिने

डिशहोमले प्रत्यक्ष प्रसारण गर्दै युरोकप, नेपाली भाषामा पनि कमेन्ट्री सुन्न सकिने

नेपालखबर
जेठ ३०, २०७८ आइतबार १४:९,

नेपालको डीटीएच सेवा प्रदायक कम्पनी डिशहोमले युरोकपको प्रत्यक्ष प्रसारण गर्ने भएको छ। डिशहोमको एक्सन स्पोर्ट्स च्यानलबाट युरो कपको प्रत्यक्ष प्रसारण हेर्न सकिने भएको हो।

‘डिशहोमबाट हुने युरोकपको प्रत्यक्ष प्रसारण नेपाली र अंग्रजी दुवै भाषामा कमेन्ट्री सुन्न सकिन्छ, इन ब्युल्ट भाषा चाहिँ अंग्रजी कमेन्ट्री हुनेछ। तर ग्राहकले रिमोटबाट नेपाली भाषामा समेत कमेन्ट्री हेर्न सक्छन्।’

डिशहोमका ग्राहकले रिमोटमा रहेको पहेलो रंगको अडियो बटनमा थिचेर नेपाली भाषामा कमेन्ट्री हेर्न सक्ने छन्। त्यहाँ अंग्रजीमा आइरहेको छ भने अडियो बटन थिचेपछि नेपाली आउँछ र नेपालीमा आइरहेको छ भने अंग्रेजीमा आउँछ।

‘डिशहोमको एक्सन स्पोर्ट्स च्यानल अरू केबल अपरेटरहरुमा पनि उपलब्ध रहेको छ। त्यहाँ पनि रिमोटमा अडियो परिवर्तन गर्न सक्ने सुविधा भए भाषा परिवर्तन गर्न सकिन्छ।

डिशहोमको एक्सन इस्पोर्ट्स एचडी च्यानल क्लियर टिभी (च्यानल नम्बर ५४३), सीम टिभी (च्यानल नम्बर १०५र९९१), मेरो टिभी (च्यानल नम्बर ९००), नेट टिभी (च्यानल नम्बर ५२९), डिओइएन टिभी (च्यानल नम्बर ४२००) र प्रभु टिभी (च्यानल नम्बर ७१६) बाट पनि हेर्न सकिने छ।

साथै डिशहोमको च्यानल नम्बर १०५ मा एसडी र ९९१ मा एचडी क्वालिटीमा एक्सन स्पोर्ट्स च्यानल हेर्न सकिने छ।

युरो कप सन् २०२० मा सञ्चालन गर्ने तय भएको थियो। तर कोरोना महामारीका कारण स्थगित भएपछि सन् २०२१ मा शुरू भएको हो।

युरो कप २०२१ जुन ११ देखि जुलाई ११ सम्म हुँदैछ।

युरोकपमा कुल २४ टिमले प्रतिस्पर्धा गर्दैछन्। त्यसमा ९ टिम पूर्वविजेता रहेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad