खेल


युरो कपमा आज ३ खेल, पहिलो खेलमा इंग्ल्यान्ड र क्रोएसिया भिड्ने (तालिकासहित)

युरो कपमा आज ३ खेल, पहिलो खेलमा इंग्ल्यान्ड र क्रोएसिया भिड्ने (तालिकासहित)

नेपालखबर
जेठ ३०, २०७८ आइतबार ९:२२,

पहिलो खेलमा इंग्ल्यान्ड र क्रोएसिया भिड्ने छन्।

सो खेल नेपाली समयअनुसार साँझ ६ः४५ बजे सुरु हुनेछ।

दोस्रो खेल नर्थ मेसेडोनिया र अष्ट्रियाबीच हुनेछ। यी दुई देशबीच राति ९ः४५ बजे भिडन्त हुनेछ।

त्यस्तै तेस्रो खेलमा नेदरल्यान्ड र युक्रेन भिड्दै छन्। यो खेल मध्यराति १२ः४५ बजे सुरुवात हुनेछ।

शुक्रबारदेखि सुरु भएको युरोकपमा हालसम्म चार खेल भएका छन्।

त्यसमा इटली, फिनल्यान्ड र बेल्जियमले जित निकालेका छन् भने स्विटजरल्यान्ड र वेल्सले बराबरी खेलेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .