युरो कपको समूह चरणको खेलमा वेल्स र स्वीट्जरल्यान्डले बराबरी खेल्दै अंक बाँडेका छन्।
गएराति भएको समूह ‘ए’ को खेलमा दुवै टोलीले एक एक गोलको बराबरी गर्दै अंक बाँडेका हुन्। वेल्सले एक शुन्यले पछि परेको स्थिति उल्टाउँदै स्वीटरल्याण्डसँग अंक बाँडेको हो।
खेलको ४९ औँ मिनेटमा स्वीटरल्याण्डका ब्रिल इम्वोलोले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दोस्रो हाफको सुरुवातमा नै एक शुन्यले अग्रता बनाएपनि स्वीटरजरल्याण्डले त्यसलाई जोगाउन सकेन।
खेलको ७४औं मिनेटमा किफर मुरले गोल गर्दै खेललाई बराबरीमा ल्याए। बराबरीसँगै दुवै टोलीले एक एक अंक बाँडे। त्यसैगरी शुक्रबार राति भएको खेलमा टर्कीलाई ३–० ले पराजित गरेको इटाली ३ अंकसहित समूह ‘ए’ को शीर्ष स्थानमा छ। पराजित टर्की अंक विहिन तालिकाको पुछारमा छ।
Shares

प्रतिक्रिया