टर्कीलाई पराजित गर्दै इटालीले युरोपेली च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ।
शुक्रबार राति सुरु भएको युरो कपको उद्घाटन खेलमा इटालीले टर्कीलाई ३-० ले पराजित गरेको हो। जितसँगै समूह ‘ए’ मा रहेको इटालीले ३ अंक जोडेको छ।
पहिलो हाफ गोलरहित बराबरीम सकिएको खेलमा सबै गोल दोस्रो हाफमा सम्भव भएको हो।
खेलको ५३ औँ मिनेटमा आत्मघाति गोलको मद्धतमा इटालीले सुरुवाती अग्रता बनायो। ६६ औं मिनेटमा चिरो इम्मोबिलेले गोल गर्दै इटालीको अग्रता दोब्बर पारे। ७९ औं मिनेटमा लोरेन्जो इन्सिग्नेले गोल गर्दै इटालीलाई ३–० ले सहज रुपमा अघि बढाएका थिए।
इटालीले युरो कपको इतिहासमा एकै खेलमा तीन गोल गरेको यो पहिलो पटक हो।
समूह ‘ए’ को अर्को खेलमा शनिबार वेल्स र स्विटजरल्यान्ड खेल्नेछन्। खेल नेपाली समय अनुसार साँझ पौने सात बजे सुरु हुनेछ।
आजै हुने समूह ‘बी’ को खेलमा डेनमार्क र फिनल्याण्ड आमनेसामने हुनेछन्। खेल पौने १० बजे सुरु हुनेछ।

प्रतिक्रिया