खेल


एसियन च्याम्पियनसिपः महिला भलिबल टोलीको प्रशिक्षण स्थगित

एसियन च्याम्पियनसिपः महिला भलिबल टोलीको प्रशिक्षण स्थगित

नेपालखबर
जेठ २१, २०७८ शुक्रबार ७:१३,

एसियन च्याम्पियनसिपको तयारीका लागि आज शुक्रबारदेखि सुरु हुने भनिएको राष्ट्रिय महिला भलिबल टोलीको प्रशिक्षण स्थगित भएको छ।

कोरोना भाइरसको महामारीका कारण उपत्यकाबाहिर रहेका खेलाडीहरु आउन समस्या भएपछि प्रशिक्षण स्थगित गरिएको हो।

प्रशिक्षणको प्रारम्भिक चरणमा परेका १५ जनाभन्दा बढी खेलाडी उपत्यकाबाहिर रहेर कारण आउन समस्या भएको र निषेधाज्ञा पनि जेठ महिनाभरि थपिएपछि प्रशिक्षण स्थगित गरिएको नेपाल भलिबल संघका सचिव मनवीर छन्त्यालले जानकारी दिए।

स्थगित प्रशिक्षण आगामी असार १ गतेबाट सुरु गर्ने तयारी गरिएको छ।

एसियन च्याम्पियनसिपका लागि नेपाल भलिबल संघ (एनभीए) ले ३० सदस्यीय प्रारम्भिक टोली घोषणा गरेको थियो।

संघले चैत्र तेस्रो आयोजना भएको पाँचौ आरबिबी एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप २०७७ को प्रदर्शनलाई हेरेर खेलाडी छनोट गरेको थियो।

प्रारम्भिक टोली
प्रतिभा माली, सरस्वती चौधरी, उषा भण्डारी, निरुता ठगुन्ना, सफिया पुन, सुनिता खड्का, उषा विष्ट, हिरा केसी, अरुणा शाही, जानकी भण्डारी, कमला पुन, सलिना श्रेष्ठ, पुनम चन्द, रेश्मा भण्डारी, कामना विष्ट, मनिषा चौधरी, कविता भट्ट, शान्ति थारु, सरस्वति जैसी, शान्तिकला तामाङ, कृपा अधिकारी, लक्ष्मी चन्द, सृष्टि खड्गी, रिया कुँवर, संगम महतो, सरस्वती कट्टेल, रिमा कुँवर, पुजा चौधरी, झरना श्रेष्ठ, वाल्मिका आचार्य

वैकल्पिक खेलाडी
आरती सुवेदी, निशा चौधरी, प्रगती नाथ, पुष्पा शाही, पुष्पा चौधरी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad