टोकियो ओलम्पिक २०२० आयोजना हुनेमा आफू शतप्रतिशत विश्वस्त रहेको अध्यक्ष सेइको हासिमोतोले बताएकी छिन्।
कोरोना सक्रमणको महामारी बढेसँगै सुरक्षित रुपमा प्रतियोगिता गराउनु मुख्य चुनौती रहेको उनले बताएकी छन्।
टोकियो ओलम्पिक २०२० की अध्यक्ष रहेकी हासिमोतोले भनिन्, ‘कोरोना संक्रमणको कारण दर्शक बिना नै प्रतियोगिता गर्नुपर्ने हुन्छ यसको लागि हामी तयार छौँ।’
ओलम्पिक जुलाई २३ देखि सुरु हुने तालिका छ। ओलम्पिक सुरु हुन अब ५० दिन मात्रै बाँकी छ। तर जापानमा कोरोना संक्रमण बढिरहेकाले अन्तर्राष्टिय खेल क्षेत्रले भने चिन्ता जनाएका छन्।
तर हासिमोतोले भनिन्, ‘हाम्रो अगाडि मुख्य चुनौतीको रुपमा मानिसको संख्या कसरी नियन्त्रण गर्न सकिन्छ भन्ने हो। ओलम्पिकको समयमा पनि कोरोनाको महामारी बढे दर्शक बिना नै प्रतियोगिता गराउनु पर्ने हुन्छ।’
गतवर्ष कोरोना महामारी बढेकै कारण टोकियो ओलम्पिक एक वर्ष पछाडी धकेलिएको थियो।
Shares

प्रतिक्रिया