खेल


विश्वकप छनोट : आज चाइनिज ताइपेईसँग भिड्दै नेपाल

विश्वकप छनोट : आज चाइनिज ताइपेईसँग भिड्दै नेपाल

नेपालखबर
जेठ २०, २०७८ बिहिबार ५:५८,

विश्वकप तथा एसिया कपको दोस्रो चरणका छनोटअन्तर्गत नेपालले आज बिहीबार चाइनिज ताइपेईसँग खेल्दै छ। कोरोना महामारीका कारण पटकपटक स्थगन भएको छनोट खेल नेपालले न्युटल भेन्युका रूपमा कुवेतमा खेल्न लागेको हो।

समूह चरणका बाँकी ३ खेल नेपालले कुवेतमा खेल्दै छ। खेल कुवेतस्थित जाबेर अल अहमद अन्तर्राष्ट्रिय रंगशालामा राति पौने १० बजे सुरु हुनेछ। खेल कान्तिपुर टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्नेछ।

छनोट चरणको पहिलो खेलमा चाइनिज ताइपेईलाई पराजित गरेको नेपाली टोली आजको खेलमा उच्च मनोबलसाथ मैदान उत्रनेछ। तर मौसम चुनौतीपुर्ण रहे पनि ताइपेविरुद्ध आफूहरू स्पष्ट जितका लागि मैदान उत्रने राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले बताएका छन्।

विश्वकप छनोटमा अघिल्लो चरणमा पुग्ने गणितीय सम्भावना मात्र नेपालको छ। बाँकी छनोट खेलबाट नेपाल एसिया कप छनोटमा पुग्ने सम्भावना बाँकी रहेको हो। एसिया कपमा छनोट हुन पनि नेपाल जित्नै पर्नेछ। दुवै टोलीका मुख्य प्रशिक्षकले मौसम आफूहरूका लागि प्रमुख चुनौती भएको बताइसकेका छन्।

नेपालले यही जेठ २४ गते जोर्डन र जेठ २८ गते अस्ट्रेलियासँग खेल्दै विश्वकप २०२२ र एसिया कप २०२३ को छनोट यात्रा पूरा गर्नेछ।

समूह चरणमा नेपाल ३ अंकसहित चौथो स्थानमा छ। अस्ट्रेलियाको १२ अंक छ भने जोर्डन र कुवेतको समान १० अंक छ। नेपालभन्दा पछि रहेको चाइनिज ताइपेई अंकविहीन छ।

िविश्वकप छनोटका ५ खेलमा नेपालले चाइनिज ताइपेईलाई २–० ले हराउनुबाहेक बाँकी सबै टोलीसँग हारेको छ।

कुवेतसँग पहिलो खेलमा ७–० गोलअन्तरले पराजित नेपालले दोस्रो खेल पनि १–० ले हारेको थियो। नेपाल अस्ट्रेलियासँग ५–० र जोर्डनसँग ३–० ले हारेको थियो।

यता समुह चरणमा चाइनिज ताइपेले कुनै जित हासिल गर्न सकेको छैन। जोर्डनसँगको पहिलो खेल २–१ ले हारेको चाइनिज ताइपेले दोस्रो भेटमा झन् ५–० को फराकिलो पराजय भोगेको थियो। यस्तैे अस्ट्रेलियासँग ७–१, कुवेतसँग ९–० को फराकिलो अन्तरले हारेको थियो।

एसियाको पावर हाउसका रूपमा रहेको अस्ट्रेलिया फिफा वरीयताको ४१औं स्थानमा छ भने जोर्डन ९५औं स्थानमा छ। त्यस्तै चाइनिज ताइपेई १ सय ४१औं र नेपाल १ सय ७१औं स्थानमा छ।

हेड टु हेड
नेपाल र चाइनिज ताइपेबीच हालसम्म दुईपटक मात्र भेट भएको छ। हेड टु हेडमा नेपाल चाइनिज ताइपेभन्दा बलियो छ। नेपाल र चाइनिज ताइपेबीच पहिलो पटक सन् २०१९ मा मैत्रीपुर्ण खेलमा भेट भएको थियो। पहिलो मैत्रीपूर्ण खेलमा दुवै टोलीले एक एक को बराबरी खेलेका थिए। सो खेलमा नेपालका तर्फबाट अभिषेक रिजालले गोल गरेका थिए।

नेपाल र चाइनिज ताइपेबीच दोस्रो भेट विश्वकप छनोटमा भएको थियो। सेप्टेम्बर १० मा भएको विश्वकप छनोटको पहिलो भेटमा नेपालले चाइनिज ताइपेलाई २–० ले हराएको थियो। समुह चरणको खेलमा नेपालले चाइनिज ताइपेलाई हराउँदै पहिलो जित निकालेको थियो। नेपालको जितमा दुवै गाृल अन्जन विष्टले गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad