राजनीति


इजरायलका प्रधानमन्त्री नेतान्याहु हट्नुपर्ने भयो पदबाट

इजरायलका प्रधानमन्त्री नेतान्याहु हट्नुपर्ने भयो पदबाट

नेपालखबर
जेठ २०, २०७८ बिहिबार ५:२२,

इजरायलका प्रधानमन्त्री बेन्यामिन नेतान्याहु सत्ताबाट बाहिरिने भएका छन्।

विपक्षी गठबन्धनले सरकार बनाउने सहमति भएपछि उनी प्रधानमन्त्री पदबाट हट्न बाटो खुला भएको हो।

नेतान्याहु इजरायलमा सबैभन्दा लोमा समय प्रधानमन्त्री पदमा रहेका व्यक्ति हुन् भने पछिल्ला १२ वर्षयता त्यहाँको राजनीति उनकै वरिपरि घुमिरहेको छ।

गत मार्चमा भएको चुनावमा नेतान्याहुको पार्टी लिकुडले बहुमत ल्याउन नसकेपछि दोस्रो नम्बरमा रहेको पार्टीले अन्य दललाई मिलिजुली सरकार बनाउन आह्वान गरेको थियो।

जसका लागि बुधबार जुन २ तारिख मध्यरातिसम्मको समय सीमा तोकिएको थियो। समयसीमा सकिनुभन्दा केही बेरअघि विपक्षी नेता येर लेपिडले ८ दल मिलेर सरकार बनाउने गठबन्धन बनेको घोषणा गरेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad