खेल


रेनुकालाई सर्वोत्कृष्ट फुटबल खेलाडी अवार्ड

रेनुकालाई सर्वोत्कृष्ट फुटबल खेलाडी अवार्ड

नेपालखबर
असार १३, २०८३ शनिबार १८:४४, काठमाडौँ

नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी मिडफिल्डर रेनुका नगरकोटीलाई सर्वोत्कृष्ट महिला फुटबल खेलाडी अवार्डबाट सम्मानित गरिएको छ। 
योङ स्टार फाउन्डेसनले शनिबार एक कार्यक्रमबीच रेनुकालाई वर्ष २०८२ को सर्वोत्कृष्ट महिला फुटबल खेलाडीबाट सम्मान गरेको हो। योङ स्टार फाउन्डेसनका अध्यक्ष मोहनचन्द्र सिंहले अवार्ड र नगद एक लाख रुपैँयासहित सम्मान गरेका छन्। 

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) सँगको सहकार्यमा योङ स्टार फाउन्डेसनले गत वर्षदेखि उत्कृष्ट महिला फुटबल खेलाडीलाई सम्मान गर्न सुरु गरेको हो। गत वर्ष यो अवार्ड प्रिती राइले जितेकी थिइन्। 

घरेलु महिला फुटबलमा पुर्‍याएको योगदानको कदर गर्दै एक महिला खेलाडीलाई वर्षेनी सम्मान गर्ने योजनाअनुसार रेनुकालाई सम्मान गरिएको अध्यक्ष सिंहले बताए। रेनुका घरेलु फुटबलमा एपीएफबाट खेल्दै आएकी छन्।
 
सन् २०१० देखि उनले नियमित रुपमा नेपाली महिला टिमबाट खेलिरहेकी छन्। राष्ट्रिय जर्सीमा उनले ६३ खेल खेलिसकेकी छन्। 

सम्मान ग्रहण गर्दै रेनुकाले खुशी लागेको बताइन्। ‘यो अवार्ड पाउँदा धेरै खुशी छु। परिवारकै कारण नेपाली फुटबलमा लगातार योगदान गर्न पाएको छु,’ रेनुकाले भनिन्, ‘यो अवार्डसहित सम्मान गर्नुभएकोमा फाउन्डेसप्रति आभारी छु। यस्ता अवार्डले गर्दा लगातार खेलकुदमै लाग्न प्रेरित गरिरहेको हुन्छ।’ 

कार्यक्रमबाट ‘अल्फा सिएरा माइक’ नामक पुस्तक विमोचन गरिएको छ। योङ स्टार फाउन्डेसका अध्यक्ष मोहनचन्द्र सिंहले लेखेको किताबमा उनले आफ्नो जीवनको भागाई, नेपाली उड्डयन, खेलकुद र मिडियासँग जोडिएका विषय समावेश गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad