खेल


आइसीसीले एक दिवसीय र टि-ट्वान्टी विश्वकपमा टोली संख्या बढाउने

आइसीसीले एक दिवसीय र टि-ट्वान्टी विश्वकपमा टोली संख्या बढाउने

नेपालखबर
जेठ १९, २०७८ बुधबार ५:४८,

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) ले एकदिवसीय र टि ट्वान्टी विश्वकपमा टोली संख्या बढाउने भएको छ।

एकदिवसीय विश्वकपमा टोली संख्या १४ र टि ट्वान्टी विश्वकपमा टोली संख्या २० बनाइँने आइसिसीले जनाएको छ। आइसिसीले सन् २०२३ देखि २०३१ सम्मको खेल तालिकासमेत सार्वजनिक गरेको छ।

सन् २०२७ को संस्करण देखि एकदिवसीय विश्वकपमा १४ टोली हुने छन्। एकदिवसीय विश्वकपमा १४ टोली भएसँगै दुई समूहमा विभाजन गरिने छ। दुई समूहका शीर्ष तीन टोलीले सुपर सिंक्समा स्थान बनाउने छ।

सन् २०२७ र २०३१ को संस्करणको एक दिवसीयमा समान १४ देश हुने छन्। यसअघि १०–१० टोलीले प्रतिस्पर्धा गर्दै आएका थिए।

सन् २०२४ को संस्करणदेखि टि २० विश्वकपमा २० टोलीले भाग लिनेछन्। यसले नेपाललाई टि २० विश्वकप खेल्न अझ सहज हुनेछ। यसअघि टि २० विश्वकपमा १६ देशले मात्रै प्रतिस्पर्धा गर्दै आएका थिए। सन् २०१७ देखि रोकिएको च्याम्पियन्स ट्रफी पुनः सुरु हुने भएको छ। च्याम्पियन्स ट्रफी चार चार वर्षको अन्तरमा हुनेछ।

टेष्ट च्याम्पियनशिप फाइनल २०२५, २०२७, २०२९ र २०३१ मा हुने छ। टि२० विश्वकप दुई दुई वर्ष र ओडिआई विश्वकप चार चार वर्षको अन्तरमा हुनेछ।

टि ट्वान्टी विश्वकप २०२१ युएईमा हुने लगभग निश्चित भएको छ। जसमा १६ टोलीले प्रतिस्पर्धा गर्न छन्। टि२० विश्वकप ग्लोबल छनोट खेल्ने तयारीमा छ। समूह ए मा रहेको नेपालले शीर्ष २ मा स्थान बनाउन सके विश्वकपमा स्थान बनाउन सक्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad