खेल


नाओमी ओसाकाको यस्तो फैसलापछि टेनिस जगतमा मच्चियो हलचल

नाओमी ओसाकाको यस्तो फैसलापछि टेनिस जगतमा मच्चियो हलचल

नेपालखबर
जेठ १८, २०७८ मंगलबार ९:३०,

ओसाकाले जारी रहेको फ्रेन्च ओपन टेनिस प्रतियोगिताका बाँकी खेल नखेल्ने घोषणा गरेकी हुन्। तर यो फैसला उनले शारीरिक चोटका कारण भने लिएका होइनन्।

हालै मानसिक स्वास्थ्यको कारण देखाउँदै उनले हालै एउटा खेलपछि पत्रकारसँग कुरा गर्न मानेकी थिइनन्। ओसाकाले पत्रकारसँग बोल्न इन्कार गरेपछि आयोजक उनीसँग खुशी भएनन्।

आयोजकले ओसाकालाई यही घटनाका कारण १५ हजार डलर जरिवाना गर्दै आगामी दिनमा पत्रकारसँग बोल्न अस्वीकार गरे प्रतियोगिताबाटै निश्कासित गर्ने चेतावनी दिएको थियो।

तर त्यसको अर्कोदिन मंगलबार नै ओसाकाले आफैं प्रतियोगिताबाट बाहिरिने घोषणा गरेका हुन्।

उनले ट्विटरमा भनेकी छिन्,‘सन् २०१८ मा पहिलो ग्रान्ड स्लाम जितेपछि नै मैले डिप्रेसनको सामना गरिरहेको छु।’

२३ वर्षकी उनले गतहप्ता मात्र आफ्नो मानसिक अवस्था ठिक नभएकाले खेलपछि यसपटक कुनै पत्रकार सम्मेलनमा भाग नलिने बताएकी थिइन्।

आइतबार ओसाका रोमानियाकी पेट्रिसिया मारिया टिगसँग पराजित भएकी थिइन्।

सो खेलपछि पत्रकारसँग नबोलेकी उनलाई आयोजकले सोमबार १५ हजार डलर जरिवाना गरेको थियो भने प्रतियोगिताबाट निकाल्ने चेतावनी दिएको थियो।

तर यतिबेला ओसाका आफैंले प्रतियोगिताबाट बाहिरिएको घोषणा गरेकी छिन्। उनले केही समय आफूले कोर्ट बाहिर बिताउने बताएकी छिन्।

हाल ओसाकाका फ्यानहरुले ओसाकाको भनाइलाई गम्भीर रुपमा नलिएर आयोजकले गल्ती गरेको भन्दै फ्रेन्च ओपनको आलोचना गरिरहेका छन्।

ओसाका फ्रेन्च ओपनको दाबेदार खेलाडी थिइन्। तर उनी खेल जारी रहँदै बाहिरिएपछि उनका समर्थक दुःखी बनेका छन्। बीबीसी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad