खेल


कोपा अमेरिका नजितेसम्म खुशी हुन सक्दिनः मेस्सी

कोपा अमेरिका नजितेसम्म खुशी हुन सक्दिनः मेस्सी

नेपालखबर
जेठ १७, २०७८ सोमबार १२:५१,

सन् २०२१ को कोपा अमेरिकालाई जित्ने दृढ संकल्प बोकेका मेस्सीले अर्जेन्टिनाको लागि कोपा अमेरिका नजितेसम्म आफू खुशी नहुने बताएका हुन्।

अर्जेन्टिनी फुटबल संघको संचार माध्यमसँग बोल्दै उनले देशको लागि कोपा अमेरिका र विश्वकप जित्ने इच्छा भएको बताएका छन्।

अर्जेन्टिनाले यसपटक कोपा अमेरिका आयोजना गर्ने तय भएको थियो। तर यतिबेला आयोजक संस्था कोनमेबोलले नयाँ आयोजक तोक्ने भएको छ।

आगामी महिनाबाट कोपा अमेरिका सुरुवात हुँदैछ। मेस्सीले राष्ट्रिय टोलीबाट महत्वपूर्ण उपाधि दिन नसकेको भनाइहरु आइरहन्छन्।

यसबीचमा कोपा अमेरिकाको उपाधि उनको लागि महत्वपूर्ण छ।

यसअघि मेस्सीले अर्जेन्टिनालाई ३ पटक कोपा अमेरिकाको फाइनल पुर्याएका थिए भने एकपटक विश्वकपको फाइनल पुर्याएका थिए। तर उपाधि भने दिलाउन सकेनन्।

क्लब र व्यक्तिगत उपलब्धिलाई हेर्दा भने मेस्सी एक सर्वाधिक सफल फुटबल खेलाडी हुन्। मार्का

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad