नेपालीमूलकी अस्मिता आले मगर इङ्गल्याण्डको शीर्ष डिभिजनको महिला लिग ‘वुमन्स् सुपर लिग’को प्लेयर अफ द सिजन घोषित भएकी छिन।
एस्टन भिल्लाबाट खेल्दै आएकी अस्मितालाई शनिबार प्लेयर अफ द सिजनको अवार्ड दिइएको हो।
अस्मिताले आफ्नै टिमको एलिशा एन’डो, अनिता असान्ते, जोडी हट्टन र लिजा वेइबलाई पछि पार्दै वर्ष उत्कृष्ट खेलाडी बनेकी हुन्।
— Aston Villa Women (@AVWFCOfficial) May 29, 2021𝗣𝗹𝗮𝘆𝗲𝗿𝘀' 𝗣𝗹𝗮𝘆𝗲𝗿 𝗼𝗳 𝘁𝗵𝗲 𝗦𝗲𝗮𝘀𝗼𝗻, Asmita Ale! 😎 pic.twitter.com/9JluOvZ290
डिफेन्डरको भूमिकामा उनले यस सिजनको लिगमा १८ खेल खेलेकी थिइन्।
ब्रिटिस आर्मी अमृत आलेकी छोरी सानैदेखि बेलायतमा बस्दै आएकी छिन्। उनी ८ वर्षको उमेरमा भिल्लाको एकेडेमीमा फुटबल प्रशिक्षणका लागि भर्ना भएकी थिइन्।
भिल्लाले सन् २०१९ बाट अस्मितासँग व्यवसायिक सम्झौता गरेपछि उनले शीर्ष लिग खेल्दै आएकी छिन्।
लगातारको उत्कृष्ट प्रदर्शनपछि अस्मितालाईं इङ्गल्याण्डको यू-१९ टोलीमा समेत छनोट गरिएको थियो।

प्रतिक्रिया