ललितपुर जिल्लामा क्रियाशील पार्टीले प्रतिनिधिसभा विघटन राष्ट्रघात भएको बताएका छन्।
गणतन्त्र दिवसको अवसमा एक विज्ञप्ति जारी गर्दै उनीहरुले प्रधानमन्त्री कदम लोकतान्त्रिक मूल्य मान्यता, आदर्श र नैतिकता विपरित भएको आरोप लगाएका छन्।
विज्ञप्ति जारी गर्नेमा कांग्रेसका मदन बहादुर अमात्य, नेकपा माओवादी केन्द्रका राजकाजी महर्जन, एमालेका हरिकृष्ण थापामगर, जनमोर्चाका निल गोविन्द मर्जन, जसपाका पद्यमलाल श्रेष्ठ र विवेकशील साझाका उज्ज्वल कृष्ण श्रेष्ठ रहेका छन्।
महामारीको अवस्थामा चुनाव घोषणा गरेर नागरिकको मनोवल गिराउने काम भएको उनीहरुले बताएका छन्।
अहिलेको अवस्थामा लोकतन्त्रवादी शक्तिहरु एक हुन जरुरी भएको विज्ञप्तिमा उल्लेख छ।
उनीहरुले नागरिकता अध्यादेशको समेत विरोध गरेका छन्। विदेशीको इसारामा देशलाई अन्धारतर्फ धकेल्ने प्रयास भएको विज्ञप्तिमा भनिएको छ।

प्रतिक्रिया