खेल


रोनाल्डोले यी तस्बिर पोस्ट गर्दै युभेन्टस छाड्ने संकेत गरे, भनेः यहाँ मेरो लक्ष्य पुरा भयो

रोनाल्डोले यी तस्बिर पोस्ट गर्दै युभेन्टस छाड्ने संकेत गरे, भनेः यहाँ मेरो लक्ष्य पुरा भयो

नेपालखबर
जेठ ११, २०७८ मंगलबार ७:२,

रोनाल्डोले सामाजिक संजालहरुमा तीनवटा फोटो पोस्ट गरेका छन्। जहाँ उनले म्यानचेस्टर युनाइडेट, रियल मड्रिड र युभेन्टसबाट महत्वपूर्ण उपाधिहरु जितेको तस्बिर राखेका छन्।

उनले क्याप्सनमा युभेन्टसमा आफूले लिएको लक्ष्य पुरा भएको उल्लेख गरेका छन्। यसको अर्थ उनले अब नयाँ लक्ष्य लिएका छन्।

यसअघि उनको टुरिनको घरबाट दर्जनौं महँगा कारहरु सारिएको थियो। उनले रियल मड्रिड छाड्ने बेला पनि यसरी नै कारहरु सारिएका थिए।

रियल मड्रिड, म्यानचेस्टर युनाइडेड र पेरिस सेन्ट जर्मेन क्लबले रोनाल्डोलाई अनुबन्ध गर्ने इच्छा व्यक्त गरेको समचार आइरहँदा रोनाल्डोको यो पोस्टले उनले क्लब छाड्ने देखिएको अनुमान गरिएको छ।

रोनाल्डो तीन फरक देशका क्लबबाट खेलेर त्यहाँको घरेलु लिग जित्ने इतिहासकै पहिलो खेलाडी हुन्।

उनले फेसबुकमा भनेका छन्,‘एक राम्रा खेलाडीको जीवनमा थुप्रै आरोह र अवरोह हुन्छन्। यो वर्ष हामीले सिरि ए जित्न सकेनौं तर यस वर्ष टिमको रुपमा र व्यक्तिगत रुपमा जे पायौं त्यसलाई महत्व दिनुपर्छ। इटालिएन सुपरकप, इटालिएन कम र सिरि एको सर्वाधिक गोलकर्ताको ट्रफीले मलाई खुशी बनाएको छ, किनभने कुनै कुरा पाउन जटिल भएको ठाउँमा यी सफलता प्राप्त गर्नु अर्थपूर्ण विषय हो।’

‘यी उपलब्धिहरूका साथ म एउटा लक्ष्यमा पुगेको छु जुन मैले इटाली आइपुगेको दिनदेखि नै राखेको थिए’ रोनाल्डोले भनेका छन्,‘बेलायत, स्पेन र इटालीको महत्वपूर्ण उपाधि जित्नु, सबै स्थानमा सय गोल पुरा गर्नु मेरो लागि गर्वको कुरा हो। फुटबल सामूहिक खेल हो तर व्यक्तिगत प्रयासले टिमलाई ठूलो सफलता मिल्छ। म टिमको लागि काम गर्छु र अन्तिम दिनसम्म जितको लागि अगाडि बढिरहनेछु।’

अन्तमा रोनाल्डोले लेखेका छन्,‘मेरो यात्रामा साथ दिने सबैलाई धन्यवाद भन्न चाहन्छु। हामी एकसाथ उभिनेछौं।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad