फुटबलप्रति बार्सिलोनाको आकर्षणको कोही कसैसँग लुकेको छैन।
अस्ट्रेलिया, इंग्ल्याण्ड, भारत र नेपाललगायतका थुप्रै देशमा क्रिकेट लोकप्रिय खेल हो। तर स्पेनिस सहर बार्सिलोनामा क्रिकेटको बारेमा थौरै मानिसमात्र यसबारे जानकार छन्।
यस्तोमा अब बार्सिलोनामा पहिलो क्रिकेट स्टेडियम बन्ने भएको छ।
भारत र पाकिस्तानी महिला खेलाडीहरुको लामो समयको प्रयासपछि पहिलो स्टेडियम बन्नलागेको हाे।
बार्सिलोनामा भारत र पाकिस्तानका महिलाहरु केही समयदेखि क्रिकेट खेल्दै आएका छन्।
उनीहरुले बार्सिलोनामा पनि क्रिकेट पिच बनाउन र आवश्यक सामग्री उपलब्ध गराउन आग्रह गर्दै आएका थिए जसका कारण नयाँ प्रतिभाहरु पनि अगाडि आउन सकून्।
३० मिलियन युरोमा बन्नेछ स्टेडियम
बार्सिलोनाले ३० मिलियन युरो लागतमा स्टेडियम तयार गर्न सुझाव मागेको थियो।
बार्सिलोनाले ८ सय २२ प्रोजेक्टलाई किनारमा राख्दै क्रिकेट स्टेडियम तयार गर्ने निर्णय गरेको छ।
बार्सिलोनामा २० वर्षीया हिफसा बटले ३ वर्ष अघिदेखि क्रिकेट खेल्न सुरु गरेकी थिइन्।
हिफसाले ३ वर्षअघि सेकेन्डरी स्कुलमा हुँदा क्रिकेट खेल्न सुरु गरेकी थिइन्। पछि उनको बुबाले पनि यसको बारेमा सामान्य जानकारी दिएका थिए।
स्कुलमा हुँदा उनको जिम टिचरले क्रिकेट क्लबको सुरुवात गरेका थिए।
‘मेरो बुबा स्कुलमा जिम टिचर हुनुहुन्थ्यो, उहाँले क्रिकेटको बारेमा बताउन सुरु गर्नुभयो। विस्तारै महिलाहरुलाई यो खेल मन पर्न थाल्यो स्कुलभन्दा बाहिर इन्डोर क्रिकेट लिगको सुरुवात भयो’, उनले भनिन्, ‘हामीहरु क्रिकेट खेल्न राम्रो मैदान चाहन्थ्यौं। ११ जान खेलाडीहरु क्रिकेट बलसँग नै क्रिकेट खेल्न चाहन्थ्यौ न कि टेनिस बलले।’
Shares

प्रतिक्रिया