खेल


चेल्सीलाई हराउँदै लेस्टर सिटीले जित्यो एफए कपको उपाधि

चेल्सीलाई हराउँदै लेस्टर सिटीले जित्यो एफए कपको उपाधि

नेपालखबर
जेठ २, २०७८ आइतबार ८:१७,

चेल्सीलाई हराउँदै लेस्टर सिटीले क्लब इतिहासमा नै पहिलोपटक एफए कपको उपाधि उचालेको छ।

पाँचौँ पटक फाइनल खेलेको लेस्टरले चेल्सीलाई १–० गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो।

खेलको ६३औँ मिनेटमा युरिटिलेमान्सले गरेको गोल नै खेलमा निर्णायक बन्यो।

झण्डै ३० यार्ड टाढाबाट गरेको प्रहार गोलमा परिणत हुँदा लेस्टरले खेलमा सुरुवाती अग्रता बनाएको थियो। त्यसपछि थप गोल हुन नसकेपछि लेस्टरले उपाधि जितेको हो।

पहिलो रोजाइका खेलाडी उतारेको चेल्सीले खेलमा ६४ प्रतिशत पकड जमाए पनि गोल निकाल्न नसक्दा हार भोग्न बाध्य भयो।

खेलको अन्त्यतिर चेल्सीले बराबरी गोल फर्काए पनि भिडियो असिस्टेन्ट रेफ्री (भीएआर) ले सो गोललाई मान्यता दिएन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad