ad ad

खेल


मेस्सी र आइन्स्टाइनमा देखिएको त्यो समानता जसले दुवैलाई उत्कृष्ट बनायो

मेस्सी र आइन्स्टाइनमा देखिएको त्यो समानता जसले दुवैलाई उत्कृष्ट बनायो

नेपालखबर
भदौ १, २०७६ आइतबार ९:७,

आइन्स्टाइनले प्रतिपादन गरेका सिद्धान्तहरु क्वान्टम थिएरी, बिग ब्यांग थिएरी, न्युक्लिएर पावर थिएरी लगायत कैयौं सिद्धान्तले विज्ञान जगतमा क्रान्ति ल्याइदियो।

वर्तमान विश्वविज्ञान पनि उनकै सिद्धान्तमा चलिरहेको छ। आइन्स्टाइन विज्ञान जगतको सबैभन्दा ठूलो नाम हो भने मेस्सी वर्तमान फुटबलका प्रतिबिम्ब हुन्।

मेस्सीले पाँचपटक बालुन डि’ओर अवार्ड प्राप्त गरेका छन्। जे होस् मेस्सी र आइन्स्टाइन आआफ्ना क्षेत्रका उत्कृष्ट खेलाडी हुन्।

उनीहरु अन्यभन्दा कसरी फरक भए? लियोनल मेस्सी ८ वर्षको हुँदादेखि अटिजमबाट ग्रस्त छन्। अल्बर्ट आइन्स्टाइनमा पनि मेस्सीलाई जस्तै अटिजम भएको वैज्ञानिकहरु तर्क गर्दछन्।

अटिजम रोग भने होइन। अटिजम व्यवहारको लक्षण भएको विज्ञहरु बताउँछन्। अटिजमलाई मानिसहरु दुर्बलताको संज्ञा दिन्छन्।

किनभने अटिजम भएका मानिसहरुमा लजालु पन, अन्तर्मुखी स्वभाव तथा सिमित रुचि हुन्छन्। उनीहरु सजिलै कसैसँग घुलमिल हुँदैनन्। त्यसैकारण यो मानिसको दुर्बलता मानिन्छ।

मानिसहरुको सोचमा रहेको यस दुर्बलताबाट मेस्सी र आइन्स्टाइन पनि ग्रस्त थिए। तर उनीहरुले दुर्बलतालाई शक्तिमा परिणत गरे।

‘अटिजम दुर्बलता होइन। अटिजम भएका मानिसहरुको मस्तिष्क उच्च क्षमताका हुन्छन्।’ गैरसरकारी विश्वव्यापी संस्था रियालिटी अटिजम एन्ड सिटिजन हेल्थ नेटवर्कका चिकित्सक निल्टोन भिटुली भन्छन,‘उनीहरु धेरै बोल्दैनन्, लजालु स्वभावका छन् भन्दैमा उनीहरु कमजोर छन् भन्ने होइन। उनीहरु धेरै सोच्छन्, विचार गर्दछन् र निर्णय लिन्छन्। उनीहरुको कल्पना क्षमता पनि शक्तिशाली हुन्छ।’

भिटुली भन्छन्,‘मेस्सी सँधै एकै तवरले खेल्छन्। तर उनलाई कसैले रोक्न सक्दैन। कारण उनी जे गर्छन, उत्कृष्ट गर्छन्।’ अटिजमकै कारण मेस्सी उत्कृष्ट भएको उनको भनाइ छ।

‘बाहिर धेरै नबोले पनि, लजालु स्वभाव भए पनि मेस्सी फुटबल खेलमा गम्भीर छन्, उनी एकपटक होइन दुईपटक होइन एकै खालका प्रयास संयौंपटक दोहोर्याउँछन्।’ भिटुली भन्छन्,‘त्यसैकारण मेस्सी उत्कष्ट छन्।’

स्पेनका पत्रकार इल पाएसका अनुसार एकदिन मेस्सी निकै रिसाएका थिए। तर उनले कसैलाई केही भनेनन्। उनी अभ्यास गर्न मैदान पुगेका थिए। मैदानमा उनले प्लास्टिकको चम्चा चपाइरहेका थिए।

उनले आफ्नो रिस प्लास्टिकको चम्चा चपाएर मारेको इल पाएस बताउँछन्। अटिजम भएका मेस्सीले आफ्नो रिस, रुचिलाई विकासमूलक तवरबाट बाहिल निकाल्न सक्छन्। (सक्कर स्टोरिज र अटिजम अवेरनेस एसोसिएसनबाट साभार)

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .