खेल


नेमारको अबको चाहना क्रिस्टियानो रोनाल्डोसँगै खेल्ने र विश्वकप जित्ने

नेमारको अबको चाहना क्रिस्टियानो रोनाल्डोसँगै खेल्ने र विश्वकप जित्ने

नेपालखबर
बैशाख २९, २०७८ बुधबार १०:११,

हाल युभेन्ट्समा रोनाल्डोको भविष्य अनिश्चित बन्दै गएको छ। सिरि एमा अब ३ खेलमात्र बाँकी रहँदा रोनाल्डोको युभेन्टस लिगको पाँचौं स्थानमा छ।

यदी चौथो अथवा चौथोभन्दा माथिको अवस्थामा नपुगे युभेन्टसले अर्को सिजनको च्याम्पियन्स लिग खेल्न पाउने छैन।

च्याम्पियन्स लिगमा छनौट नभए रोनाल्डोलाई क्लबले हटाउने अनुमान गरिएको छ। यस क्रममा नेमारले रोनाल्डोसँग खेल्ने इच्छा भएको बताएका हुन्।

‘मैले मेस्सी र एमबाप्पेजस्ता महान खेलाडीसँग खेलिसकेको छु तर रोनाल्डोसँग एकै टोलीबाट खेल्न बाँकी छ’ नेमारले जीक्यू फ्रान्ससँग भनेका छन्,‘त्यसैले म रोनाल्डोसँग खेल्न चाहन्छु।’

सो क्रममा उनले आफ्नो चाहना ब्राजिलबाट विश्वकप जित्ने र पीएसजीका लागि सबै प्रकारका उपाधि जित्ने भएको पनि उल्लेख गरे। मार्का

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .