समाज


ललितपुरको महालक्ष्मी नगरले सञ्चालनमा ल्यायो ‘कोभिड हाई केयर युनिट’

ललितपुरको महालक्ष्मी नगरले सञ्चालनमा ल्यायो ‘कोभिड हाई केयर युनिट’

नेपालखबर
बैशाख २९, २०७८ बुधबार १०:२,

ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं ५ स्थित केयर एण्ड क्योर मल्टिस्पेस्लिष्ट हस्पिटलबाट महालक्ष्मी नगरपालिकाका कोभिड १९ का गम्भीर प्रकृतिका संक्रमितहरूको उपचारार्थ ‘कोभिड हाई केयर आइसोलेसन युनिट’ सञ्चालनमा आएको छ।

नगरपालिका र केयर एण्ड क्युर हस्पिटलबीच कोभिड हाई केयर युनिट सञ्चालनका लागि वैशाख २३ गते सम्झौता भएको थियो। सम्झौतापत्रमा नगरपालिकाको तर्फबाट नगरप्रमुख रामेश्वर श्रेष्ठ र केयर एण्ड क्युर अस्पतालको तर्फबाट डा प्रेम देवानले हस्ताक्षर गरेका छन्।

सम्झौताअनुसार केयर एण्ड क्योर मल्टिस्पेसलिष्ट हस्पिटलबाट महालक्ष्मी नगरपालिकाभित्रका कोभिड १९ का बिरामीहरूलाई अक्सिजन थेरापीसहितको केयर सर्भिस उपलब्ध गराउनेछ।

सम्झौताबमोजिम सेवा प्रदान गरेबापत अस्पतालले नेपाल सरकारको निर्णयबमोजिमको शुल्क अस्पतालले शोधभर्ना पाउनेछ।

हाललाई कोभिड हाई केयर आइसोलेसन युनिटमा १० बेड सञ्चालनमा ल्याइएको छ र यसलाई क्रमशः बढाइँदै लगिनेछ। नगर प्रमुख रामेश्वर श्रेष्ठले बिरामीको चापअनुसार उक्त युनिटमा ३० बेडसम्म सञ्चालनमा ल्याइने बताए।

mahalaxmi hicare unit2

उनले अक्सिजन सपोर्ट आवश्यक पर्ने नगरभित्रका गम्भीर प्रकृतिका कोभिड १९ संक्रमितहरूलाई यो सेवाबाट राहत मिल्ने विश्वास व्यक्त गरे।

कोभिड हाइकेयर आइसोलेसन युनिट सञ्चालनमा आवश्यक सहयोग, समन्वय एवम् सुपरभिजनका लागि नगरपालिकाबाट मेडिकल अधिकृत डा दिपेश उप्रेतीको संयोजकत्वमा स्वास्थ्य प्राविधिक टोली खटाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .