खेल


प्ले–अफको दोस्रो खेलमा ललितपुर र बुटवल भिड्दै

प्ले–अफको दोस्रो खेलमा ललितपुर र बुटवल भिड्दै

नेपालखबर
बैशाख २९, २०७८ बुधबार ६:८,

नेपाल सुपर लिग (एनएसएल)को प्ले–अफको दोस्रो खेलमा बुधबार ललितपुर सिटी एफसी र बुटवल लुम्बिनी एफसीबीच प्रतिस्पर्धा हुँदै छ।

खेल काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ साढे ५ बजे हुनेछ।

लिग चरणको खेलमा बुटवल लुम्बिनी ललितपुरसँग १–० ले पराजित भएको थियो।

ललितपुर सोही लयलाई निरन्तरता दिँदै अघिल्लो चरण पुग्न चाहन्छ। यता बुटवल भने ललितपुरसँगको हारको बदला लिँदै क्वालिफायरमा पुग्ने लक्ष्यमा छ।

आजको खेलमा जित निकाल्ने टोलीले दोस्रो क्वालिफायर खेलमा काठमाडौ रेजर्ससँग खेल्नेछ।

काठमाडौं प्ले–अफको पहिलो खेलमा धनगढी एफसीसँग २–१ ले पराजित भएको थियो। धनगढीले भने सिधै फाइनलमा स्थान बनाएको छ।

नेपाल स्पोट्र्स एण्ड म्यानेजमेन्टको आयोजना तथा अखिल नेपाल फुटबल संघको प्राविधिक सहयोगमा जारी लिगमा ७ फ्रेन्चाइज सहरका ७ टोलीको सहभागिता रहेको छ।

एनएसएलमा विराटनगर सिटी फुटबल क्लब, काठमाडौं रेजर्स फुटबल क्लब, ललितपुर सिटी फुटबल क्लब, एफसी चितवन, धनगढी एफसी, पोखरा थन्डर्स र बुटवल लुम्बिनी एफसी छन्।

लिगको विजेताले ३५ लाख तथा उपविजेताले १५ लाख रुपैयाँ प्राप्त गर्नेछन्। व्यक्तिगत विधाका उत्कृष्ट र उदीयमान खेलाडीले जनही १ लाख रुपैयाँ हात पार्नेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad