खेल


क्यानले स्थगित गर्‍यो क्रिकेटका सबै प्रतियोगिता र सिरिज

क्यानले स्थगित गर्‍यो क्रिकेटका सबै प्रतियोगिता र सिरिज

नेपालखबर
बैशाख १७, २०७८ शुक्रबार ११:५८,

नेपाल क्रिकेट संघ (क्यान)ले कोरोना संक्रमणको दोस्रो लहरले भयावह परिस्थिति सिर्जना भएको भन्दै क्रिकेटका सबै कार्यक्रम अनिश्चितकालका लागि रद्द गरेको छ।

आज एक सूचना जारी गर्दै क्यानले जिल्ला तथा प्रादेशिक छनोटजस्ता राष्ट्रिय र विभिन्न देशसँग हुने भनिएका द्विपक्षीय र त्रिपक्षीय सिरिज स्थगित गरेको हो।

क्यान सचिव अशोक नाथ प्याकुर्‍यालले विज्ञप्तिमा भनेका छन्, ‘कोभिड १९ को वर्तमान अवस्थामा सुधार नआएसम्म र संघबाट अर्को सूचना जारी नभएसम्म प्रस्तावित सबै प्रतियोगिता र सिरिज तत्कालका लागि स्थगित गरिएको छ।’

क्यानले जिल्ला तथा प्रादेशिक संघहरुलाई क्रिकेटका सबै गतिविधि संघबाट अर्को सूचना प्रकाशन नभएसम्मका लागि स्थगित गर्न निर्देशन समेत दिएको छ।

साथै संघले आईसीसीको प्रावधानअनुसार नेपाल क्रिकेट संघ लगायत विभिन्न क्लब, एकेडेमी र संघ÷संस्थाबाट आयोजना गरिने क्रिकेट प्रतियोगिताको कार्यविधि निर्माण भइरहेको पनि सूचित गरेको छ।

उक्त कार्यविधि निर्माण भई लागू नभएसम्म अन्य क्लब, एकेडेमी र संघ/संस्थाहरुले आयोजना गर्ने प्रतियोगितामा जिल्ला र प्रादेशिक क्रिकेट संघले स्वामित्व र आबद्धता नजनाउन क्यानले भनेको छ।

can circular2021

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad