खेल


लिभरपुल आगामी सिजनको च्याम्पियन्स लिगबाट बाहिरिने सम्भावना बढ्यो

लिभरपुल आगामी सिजनको च्याम्पियन्स लिगबाट बाहिरिने सम्भावना बढ्यो

नेपालखबर
बैशाख १४, २०७८ मंगलबार ८:३०,

प्रिमियर लिगका ३३ औं चरणका खेल सकिँदा साविक विजेता लिभरपुल ५४ अंकसहित छैठौं स्थानमा सिमित छ।

यस लिगका शीर्ष चारमा रहने टिमले मात्रै च्याम्पियन्स लिगमा स्थान बनाउने छन्।

अंक तालिकालाई हेर्दा लिभरपुल शीर्षस्थानको म्यानचेष्टर सिटीभन्दा समान खेलमा २३ अंकले पछि परिसकेको छ। यस्तै म्यानचेस्टर युनाइटेड, लेसेस्टर सिटी, चेल्सी र वेस्टह्याम लिभरपुलभन्दा अगाडि छन्।

एक खेल कम खेलेर ५२ अंकसहित आठौं स्थानमा रहेको एभर्टनले पनि आगामी खेल जिते लिभरपुललाई पछि पार्दै सातौं स्थानमा झार्नेछ।

गत अप्रिल १५ मा च्याम्पियन्स लिगको क्वार्टर फाइनलमा रियल मड्रिडसँग पराजित हुँदै बाहिरिएपछि लिगमा लिभरपुल जितबिहिन छ।

रियलसँग समग्र लेगमा लिभरपुल ३–१ ले पराजित भएको थियो। त्यसपछि भएका प्रिमियर लिगका दुवै खेलमा उसले १–१ को बराबरी खेलेको छ।

लिड्स युनाइटेडसँग अवे मैदानमा १–१ को बराबरी खेलेको लिभरपुल त्यसपछि घरेलु मैदानमा गत शनिबार न्युक्यास्चलसँग पनि बराबरीमा रोकिँदै लगातार अंक गुमाउन पुगेको हो।

आगामी आइतबार म्यानचेस्टर युनाइटेडको मैदानमा उत्रिँदा लिभरपुल चर्को दबाब हुनेछ। कारण, युनाइटेड प्रिमियर लिगको दोस्रो स्थानमा रहेको बलियो टोली हो।

सन् २०१८–२०१९ को सिजनमा लिभरपुलले प्रिमियर लिग र त्यसपछिको सिजनमा उसले च्याम्पियन्स लिग जितेको थियो। तर यस सिजन प्रिमियर लिगमा म्यानचेस्टर सिटी उपाधिको नजिक छ। पाँचमध्ये दुई खेल जिते सिटिले उपाधि पक्का गर्नेछ।

त्यस्तै च्याम्पियन्स लिगमा पनि सिटी अन्तिम चारमा प्रवेश गरिसकेको छ।

पछिल्ला चार सिजन लिभरपुलले लगातार च्याम्पियन्स लिग खेलेको छ। सन् २०१९–२०२० को सिजन सहित उसले यो प्रतिस्पर्धा ६ पटक जितेको छ।

लिभरपुल च्याम्पियन्स लिग सबैभन्दा बढी जित्ने टोलीको तेस्रो स्थानमा रहेको टोली हो। उसले भन्दा बढी रियल मड्रिडले १३ र एसी मिलानले ७ पटक च्याम्पियन्स लिगको उपाधि उचालेको छ। बार्यन र लिभरपुलले समानपटक यो उपाधि उचालेका छन्।

यसबीचमा एउटा उत्कृष्ट मानिएको टोली लिभरपुल प्रिमियर लिगमा खराब प्रदर्शन गरिरहँदा च्याम्पियन्स लिग खेल्नै नपाउने मोडमा पुगेको हो।

जारी सिजन रियल मड्रिड, चेल्सी, पीएसजी र सिटी च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेका छन्। सेमिफाइनलका खेलहरु मंगलबार रातिबाट सुरु हुँदैछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad