खेल


नेपाल सुपर लिगमा ललितपुर र चितवनको बराबरी

नेपाल सुपर लिगमा ललितपुर र चितवनको बराबरी

नेपालखबर
बैशाख १३, २०७८ सोमबार १४:२,

नेपाल सुपर लिग (एनएसएल) मा ललितपुर सिटी एफसी र एफसी चितवनले बराबरी गरेका छन्।

काठमाडौको दरशथ रगंशालामा सोमबार भएको खेलमा ललितपुर र चितवनले एक एक गोलको बराबरी अंक बाँडे।

पहिलो हाफमा ललितपुरले गोल गर्दै १–० को अग्रता बनाएपनि दोस्रो हाफको अन्तिम मिनेटमा चितवनले पेनाल्टी मार्फत गोल गर्दै खेललाई बराबरीमा ल्याएको हो।

खेलको पहिलो हाफमा अन्जन विष्टले पेनाल्टी चुकाउँदा ललितपुर अग्रता लिनबाट चुकेको थियो।

चितवनका एफसीका गोलरक्षक विशाल सुनारले पेनाल्टीको प्रहारको दोहोरो बचाउ गरेका थिए।

खेलको १९औं मिनेटमा कमल श्रेष्ठको कर्नरमा निरज बस्नेतलाई गोरान जर्कोभिचले फल गरेपछि ललितपुरले पेनाल्टी पाएको थियो।

खेलको ४९ औं मिनेटमा कमल श्रेष्ठले गोल गर्दै ललितपुरलाई सुरुवाती अग्रता दिलाएका थिए।

९० औं मिनेटमा अमित तामाङको प्रहारलाई पेनाल्टी बक्समा विनोद गुरुङले ह्यान्ड गरेपछि चितवनले पेनाल्टी पाएको थियो।

चितवनका अमित तामाङले पाएको पेनाल्टी प्रहारलाई सदुपयोग गर्दै खेललाई बराबरीमा ल्याए।
लिगमा मंगलबार धनगढी एफसी र काठमाडौं रेजर्सबीच साँझ साढे खेल हुनेछ।

एनएसएलमा विराटनगर सिटी फुटबल क्लब, काठमाडौं रेजर्स फुटबल क्लब, ललितपुर सिटी फुटबल क्लब, एफसी चितवन, धनगढी एफसी, पोखरा थन्डर्स र बुटवल लुम्बिनी एफसी गरि ७ शहरका ७ फ्रेन्चाइज टोली छन्।

लिगको विजेताले ३५ लाख तथा उपविजेताले १५ लाख रुपैयाँ प्राप्त गर्नेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad