सरकारले बिहीबारदेखि खाद्य पसल सञ्चालन गर्नका लागि समय तोकिदिएको छ।
सोमबार उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीले आदेश जारी गर्दै एक हप्ताका लागि समय निर्धारण गरेका हुन्।
खाद्य सामग्रीका पसल बिहान १० बजेसम्म र साँझ ५ बजेदेखि ७ बजेसम्म खुल्ला गर्न पाइने भएको छ।
डिमार्टमेन्ट स्टोरका ग्रोसरी कक्ष मात्रै पनि सोही समयमा सञ्चालन गर्न पाइने छ।
खाद्य सामग्री, ग्रोसरी पसल, औषधि पसलजस्ता अत्यावश्यक सेवाका व्यवसाय सञ्चालन गर्दा स्वास्थ्य मापदण्ड पालना गर्न सरकारले आग्रह गरेको छ।
खाद्य सामग्री र औषधि तथा स्वास्थ्य सामग्रीसम्बन्धी पसल बाहेकका अन्य पसल भने हाललाई बन्द गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ।
यो पनिः
बिहीबारबाट के गर्न पाइने के नपाइने? जिल्ला प्रशासनले जारी गर्यो यस्तो आदेश (पूर्ण पाठ)

प्रतिक्रिया