ad ad

खेल


भियारियललाई हराउँदै उपाधि होडमा बार्सिलोना, ग्रिजम्यानको दुई गोल

भियारियललाई हराउँदै उपाधि होडमा बार्सिलोना, ग्रिजम्यानको दुई गोल

नेपालखबर
बैशाख १२, २०७८ आइतबार १६:५०,

स्पेनिस ला लिगामा बार्सिलोनाले भियारियललाई हराउँदै उपाधि होड कायम राखेको छ।

आइतबार साँझ भएको खेलमा भियारियलमाथि बार्सिलोनाले २–१ को जित दर्ता गरेको हो। बार्साको जितमा दुवै गोल अन्त्वाँ ग्रिजम्यानले गरे।

घरेलु मैदानमा लिएको अग्रता दुई मिनेट पनि जोगाउन नसक्दा भियारियलले तीन अंक गुमाउनु प¥यो। खेलको २६ औं मिनेटमा समुल चुक्योजले भियारियललाई अग्रता दिलाएका थिए।
तर २८ औं मिनेटमा ग्रिजम्यानले बराबरीमा लगे। त्यसको ७ मिनेटपछि अर्को गोल थप्दै ग्रिजम्यानले नै बार्सालाई जिततर्फ डोहो¥याए।

पहिलो हाफमा पछि परेको भियारियल ६५ औं मिनेटमा १० खेलाडीमा सिमित हुन पुग्यो। मेस्सीलाई खराब ट्याकल गर्दा मनु ट्रिगुरेस्ले सोझै रातोकार्ड पाए।

त्यसपछि दुवै टोलीबाट गोल हुन सकेन। जितसँगै बार्सिलोनाले ३२ खेलबाट ७१ अंक बटुलेको छ।

समान अंक रहेको रियल मड्रिड हेड टु हेडका आधारमा दोस्रो स्थानमा छ भने उसले एक खेल बढी खेलेको छ। ७३ अंकसहित एट्लेटिको मड्रिड शीर्षस्थानमा छ। ६ खेल बाँकी हुँदा यी तीनवटै टोली उपाधि होडमा छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .