खेल


भैरहवामा टी-१० क्रिकेट सुरु, सुरुवाती खेलमा होराइजन र तिलोत्तमा विजयी

भैरहवामा टी-१० क्रिकेट सुरु, सुरुवाती खेलमा होराइजन र तिलोत्तमा विजयी

प्रकाश न्यौपाने
बैशाख ८, २०७८ बुधबार १२:१५,

मेलवर्न क्रिकेट एण्ड स्पोर्टस क्लब (एमसीसी)को आयोजनामा रुपन्देहीको भैरहवामा स्टडील्याण्ड टी–१० क्रिकेट प्रतियोगिता सुरु भएको छ।

बुधबार भएका दुई खेलमा न्यू होराइजन क्रिकेट क्लब र तिलोत्तमा क्रिकेट क्लबले विजयी सुरुवात् गरेका छन्।

होराइजनले युसिएमएस मेडिकल कलेजलाई ५३ रन र तिलोत्तमाले निचलल क्रिकेट क्लब, महाराजगञ्जलाई ३९ रनले पराजित गरेको हो।

सिद्धार्थ रंगशालमा भएको पहिलो खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको न्यू होराइजनले २ विकेटको क्षतिमा ११५ रनको योगफल बनायो।

उसका लागि मनिष थापाले नटआउट ३८, विपिन खत्रीले नटआउट २७, प्रकाश गिरीले १८ र विशाल खत्रीले १७ रन बनाए। बलिङमा युसिएमएसका सानु यादवले २ विकेट लिए।

जवाफी ब्याटिङ गरेको युसिएमएस ७ विकेटको क्षतिमा ६२ रनमै समेटियो। उसका लागि नवीन पातिलले २० र कमलेश यादवले १८ रन जोडे।

बलिङमा उसलाई सस्तैमा रोक्न होराइजनका गोविन्द केसीले ३ तथा महेश पट्टेल र तुलबहादुर थापाले समान १-१ विकेट लिए। गोविन्द केसी म्यान अफ द म्याच भए।

दोस्रो खेलमा टस तिजेर ब्याटिङ गरेको तिलोत्तमाले ६ विकेटको क्षतिमा ९७ रन बनायो। उसका लागि संदीप क्षेत्रीले ३३, यम क्षेत्रीले २५ र मनोज सुनारले १४ रन बनाए। बलिङमा निचललका शक्ति कुमारले २, अभिषेक यादव र अमित जैवसालले समान १-१ विकेट लिए।

जवाफी ब्याटिङ गरेको निचललले ८ विकेटको क्षतिमा जम्मा ५८ रन मात्रै बनाउन सक्यो। उसका लागि अभिषेक कुमारले नटआउट १८ र अनमोल शाहले १२ रन बनाए। बलिङमा तिलोत्तमाका विष्णु कटरिया र कृष्ण पराजुलीले २-२ तथा मौसम ढकाल, उत्सव घिमिरे र यम क्षेत्रीले १-१ विकेट लिए।

यम क्षेत्री म्यान अफ द म्याच भए। बिहीबार बुद्ध क्रिकेट क्लब र गोर्खा वारियर तथा गोरखपुर क्रिकेट क्लब र मास्टर्स–११ बीच प्रतिस्पर्धा हुनेछ।

mane_of_the_match_1st_match.jpg

प्रतियोगितामा विजेता टिमले नगर ५० हजार रुपैयाँ र ट्रफी तथा उपविजेताले २५ हजार र ट्रफी प्राप्त गर्नेछन्। यस्तै, म्यान अफ द सिरीजले १० हजार, बेष्ट ब्याट्सम्यान र बेष्ट बलरले समान ५-५ हजार रुपैयाँ प्राप्त गर्नेछन्।

यसैगरी बेष्ट क्याच र बेष्ट सिक्सेसले दुई हजार ५ सय रुपैयाँ तथा प्रत्येक दिनको म्यान अफ द म्याचले एक हजार रुपैयाँ प्राप्त गर्नेछन्। प्रतियोगितामा भारतको गोरखपुर र महाराजगञ्जका दुई टिमसहित १६ टिम सहभागी छन्। टी–१० फर्मेटमा नेपालमै पहिलोपल्ट आयोजना गरिएको प्रतियोगिता वैशाख १८ गतेसम्म चल्ने छ।

यसअघि खेलको उद्घाटन गर्दै रोहिणी गाउँपालिका अध्यक्ष सनोजकुमार यादवले सिद्धार्थ रंगशालालाई छिटो पूर्णता दिनुपर्ने बताए। उनले जिल्लाकै पूरानो र अन्तर्राष्ट्रियस्तरको बनिरहेको रंगशाला निर्माणमा ढिलाई भएको भन्दै तीनै तहका सरकारले विशेष चासो दिएर काम गर्नुपर्नेमा जोड दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad