तीन देश सम्मिलित त्रिकोणात्मक टी२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलामा अहिले नेदरल्यान्डले नेपालविरुद्ध जवाफी ब्याटिङ गरिरहेको छ।
चौधौँ ओभर सकिँदा नेदरल्यान्डले ४ विकेटको क्षतिमा १३४ रन बनाएको छ।
१३औँ ओभरको पाँचौँ बलमा सन्दीप लामिछानेले नेदरल्यान्डको तेस्रो विकेट लिएका हुन्। यसअघिकै दुई विकेट पनि सन्दीपले नै लिएका थिए।
सन्दीपले ३ ओभर बलिङ गर्दै २८ रन दिएर तीन विकेट लिए।
त्यस्तै चौथो विकेट भने कुशल मल्लले लिए। उनले १४औँ ओभरको तेस्रो बलमा नेदरल्यान्डको विकेट लिएका हुन्।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभर खेल्दै २०६ रन बनाएको थियो। नेदरल्यान्डलाई जितका लागि २०७ रन आवश्यक छ।
प्रतिक्रिया