तीन देश सम्मिलित त्रिकोणात्मक टी२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलामा नेदरल्यान्डविरुद्ध खेलिरहेको नेपालले तेस्रो विकेट गुमाएको छ।
त्रिवि मैदानमा जारी खेलको १५औँ ओभरको तेस्रो बलमा ओपनर कुशल भुर्तेल क्याच आउट हुनपुगेका हुन्।
भुर्तेलले ४६ बलमा ८ चौका र १ छक्कासहित उनले ६२ रन जोडे।
अहिले क्रिजमा उपकप्तान दिपेन्द्रसिंह ऐरीसँगै कुशल मल्ल आएका छन्।
नेपालले १५ ओभरको खेल सकिँदा ३ विकेट क्षतिमा १४२ रन बनाएर खेलिरहेको छ।
3
Shares

प्रतिक्रिया