तीन देश सम्मिलित त्रिकोणात्मक टी२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलामा नेदरल्यान्डविरुद्ध नेपालका कुशल भुर्तेलले आज पनि अर्धशतक पूरा गरेका छन्।
यो उनको लगातार तेस्रो अर्धशतक हो।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जारी खेलमा कुशलले ४१ बल सामना गर्दै ५२ रन पूरा गरेका हुन्।
टी–२० आइमा नेपालबाट लगातार तेस्रो अर्धशतक पूरा गर्ने कुशल एक्ला खेलाडी हुन्।
उनले ७ चौका र १ छक्का मद्दतमा अर्धशतक प्रहार गरे। सिरिज मार्फत टि–२० आइमा डेब्यु गरेका कुशलले उत्कृष्ट प्रदर्शन गरिरहेका छन्।
कुशलले नेदरल्याण्ड्सविरुद्धको डेब्यु खेलमा ३० बलमा ६२ रन जोडेका थिए। मलेसियाविरुद्धको दोस्रो खेलमा ६१ रनको अविजित पारी खेलेका थिए।
१३ ओभरको खेल सकिँदा नेपाल २ विकेट क्षतिमा ११७ रन बनाएर खेलिरहेको छ।
क्रिजमा कुशलसँगै उपकप्तान दिपेन्द्र सिंह ऐरी छन्।
ऐरीले २३ बलमा ४० रन जोडेका छन्।
दोस्रो ओभरको अन्तिम बलमा पहिलो विकेट गुमाएको नेपालले आठौँ ओभरको अन्तिम बलमा दोस्रो विकेट गुमाएको थियो।

प्रतिक्रिया