खेल


आज नेदरल्यान्ड्ससँग भिड्दै नेपाल, फाइनल पुग्न कीर्तिमानी ओपनर कुशल–आसिफलाई नै मैदान उतार्ने सम्भावना

आज नेदरल्यान्ड्ससँग भिड्दै नेपाल, फाइनल पुग्न कीर्तिमानी ओपनर कुशल–आसिफलाई नै मैदान उतार्ने सम्भावना

नेपालखबर
बैशाख ७, २०७८ मंगलबार ३:२४,

त्रिकोणात्मक टी–२० सिरिजमा घरेलु टोली नेपालले आज मगंलबार नेदरल्यान्ड्ससँग खेल्दैछ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो १:१५ बजे हुने खेलमा नेपाल लगातार तेस्रो जित हासिल गर्दै फाइनल पुग्न चाहन्छ।

सिरिजका आफ्ना दुई खेलमा नेदरल्यान्ड्स र मलेसियालाई समान ९ विकेटले पराजित गरेको नेपाल उच्च मनोबलका साथ मैदान उत्रनेछ। उता मेलसियालाई १५ रनले पराजित गरेको नेदरल्यान्ड्स दोस्रो जितको खोजीमा हुनेछ।

आजको खेलमा नेपालले नेदरल्यान्ड्ससलाई पराजित गरे एक खेलअगावै फाइनलमा पुग्नेछ।

नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपाली टोलीले ओपनर कुशल भुर्तेल र आसिफ शेखलाई नै प्रयोग गर्ने सम्भावना छ।

यी दुई ओपनरले दुवै खेलमा कीर्तिमानी प्रर्दशन गरिरहेका छन्। जसले विश्व टी–२० आई क्रिकेटमा दुर्लभ विश्व कीर्तिमान बनाएका छन्।

सोमबार भएको खेलमा मलेसियाविरुद्ध १ सय २ रनको शतकीय साझेदारी गरेको यो जोडिले नयाँ कीर्तिमान कायम गरेका हुन्। नेदरल्यान्ड्सविरुद्ध पहिलो खेलमा पनि शतकीय साझेदारी गरेका शेख र भुर्तेलले विश्व टी–२० आई क्रिकेटमा लगातार दुई खेलमा दुई शतकीय साझेदारी गर्ने विश्वका पहिलो जोडी बनेका छन्।

सिरिजअन्तर्गत दुई खेलमा लगातार उच्च प्रर्दशन गर्दै नेपालले टी–२० आई वरियतामा पनि आफ्नो स्थान सुधार गरेको छ। १५औं स्थानमा रहेको नेपाल १४औं स्थानमा उक्लिएको हो।

हेड टु हेड
नेपाल र नेदरल्यान्ड्सबीच हालसम्म भएका ५ भेटका नतिजा हेर्ने हो भने नेपालले ३ खेलमा जितेको छ। एक खेलमा नेदरल्यान्ड्सले जित्दा एक खेल वर्षाका कारण नतिजाविहीन हुन पुगेको थियो।

सन् २०१५ मा भएको खेलमा नेदरल्यान्ड्सले नेपाललाई १५ रनले पराजित गरेको थियो। अर्को खेलमा भने नेपालले ३ विकेटले जितेको थियो।

सन् २०१८ मा मेलवर्नमा भएको त्रिकोणात्मक सिरिज वर्षाका कारण नतिजाविहीन बनेको थियो। सन् २०१९ मा यी दुई टोलीको भेट हुँदा नेपालले ४ विकेटले जितेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad