एट्लेटिको मड्रिडले स्पेनिस ला लिगाको उपाधि होडलाई थप मजबुत बनाएको छ।
आइतबार राति भएको खेलमा शीर्षस्थानको एट्लेटिकोले रेलिगेसन जोनको एइवरलाई ५–० ले पराजित गर्दै उपाधि होड थप बलियो बनाएको हो। एट्लेटिकोको जितमा एन्जिल कोरिया र मार्कोस लोरेतेले दुई तथा यानिक कारास्कोले एक गोल गरे।
गएराति नै भएको अर्को खेलमा उपाधि होडमा रहेको रियल मड्रिडलाई गेटाफेले गोलरहित बराबरीमा रोकेको छ। गेटाफेसँग बराबरीमा रोकिएपछि रियलको उपाधि होडमा धक्का लागेको छ।
बराबरीसँगै शीर्षस्थानको रियल एट्लेटिको म्याड्रिडसँग ३ अंकले पछाडी परेको छ। रियलको ३१ खेलबाट ६७ अंक हुँदा समान खेलबाट एट्लेटिकोको ७० अंक छ। एक खेल कम खेलेको बार्सिलोनाको ६५ अंक छ। गेटाफे ३१ अंक जोडेर १५औं स्थानमा रहेको छ।
गएराति नै भएको अर्को खेलमा भिल्लारियलले लेभान्तेलाई ५–१ को फराकिलो अन्तरले पराजित गर्यो। भिल्लारियलको जितमा स्यामुइल चुकविजीले दुई तथा जेरार्ड मोरेनोले एक गोल गरे। बाँकी दुई गोल उपहार पायो।
जितसँगै भिल्ला रियल ४९ अंकमा पाँचौ स्थानमा उक्लिएको छ।

प्रतिक्रिया