यद्यपी दुवै उत्कृष्ट फुटबलर हुन् भन्नेमा कसैको दुई मत छैन। तर हालै क्रिस्टियानो रोनाल्डोले आफू मेस्सीभन्दा उत्कृष्ट भएको दाबी गरेका छन्।
विभिन्न क्लबमा च्याम्पियन्स लिग जितेकाले ‘म उत्कृष्ट फुटबलर हुँ’ भन्ने रोनाल्डोको भनाइ रहेको छ।
क्रिस्टियानो रोनाल्डोले म्यानचेस्टर युनाइटेडबाट एकपटक र रियल मड्रिडबाट चारपटक च्याम्पियन्स लिगको उपाधि हात पारेका छन्।
मेस्सीले भने चारपटक च्याम्पियन्स लिग बार्सिलोनाबाट मात्र जितेका हुन्। हाल रोनाल्डो इटालिएन क्लब युभेन्ट्सबाट खेल्छन्।
उनले युभेन्ट्सबाट समेत च्याम्पियन्स लिग जित्ने संभावना छ। तर मेस्सीले कहिल्यै क्लब परिवर्तन गरेका छैनन्। उनी बार्साका कप्तान हुन्। उनको क्लब परिवर्तन गर्ने संभावना अत्यन्त न्यून छ।
डीएजेटएनसँगको कुराकानीमा रोनाल्डोले भने,‘म र मेस्सीमा फरक भनेको मैले विभिन्न क्लबबाट च्याम्पियन्स लिग जितेको छु।’
रोनाल्डाले आफू ६ सिजन लगातार च्याम्पियन्स लिगको सर्वाधिक गोलकर्ता भएको पनि बताए। रोनाल्डो र मेस्सी समान पाँच–पाँच पटकका बालुन डि’ओर अवार्ड विजेता हुन्।
गोल्डेन बुट उपाधिमा भने मेस्सी अगाडि छन्। मेस्सीले ६ पटक गोल्डेन बुट हातपार्दा रोनाल्डोले ४ पटक यस अवार्ड जितेका छन्। मार्का

प्रतिक्रिया