डिफेन्डिङ च्याम्पियन बायर्न म्युनिखलाई पराजित गर्दै फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) युईएफए च्याम्पियन्स लिगको सेमिफाइलमा प्रवेश गरेको छ।
मंगलबार राति भएको दोस्रो लेगमा १–० को हारको बावजुत समग्रमा ३–३ गोलको बराबरी भएपछि अवे गोलको आधारमा पीएसजीले अन्तिम चारमा स्थान बनाएको हो।
पहिलो लेगमा पीएसजीले ३–२ को अवे जित निकालेको थियो।
खेलको ४० औं मिनेटमा फरवार्ड इरिक म्याक्सिम चुपो मोटिङले गोल गरे पनि बायर्नका लागि पर्याप्त भएन।
प्रतिक्रिया