खेल


दुई महिला खेलाडीको घुँडाको सफल सल्यक्रिया

दुई महिला खेलाडीको घुँडाको सफल सल्यक्रिया

नेपालखबर
चैत ३१, २०७७ मंगलबार १२:५४,

राष्ट्रिय महिला फुटबल टोली तथा नेपाल एपीएफ क्लबकी रक्षक हिरा भुजेल र उमेर समूहकी समिक्षा घिमिरेको मंगलबार घुँडाको सफल शल्यक्रिया गरिएको छ।

उनीहरु दुवैको आज ललितपुरको सातदोबाटोमा रहेको बी एण्ड बी अस्पतालमा शल्यक्रिया गरिएको राष्ट्रिय टोलीकी फिजियोथेरापिष्ट नविना श्रेष्ठले जानकारी दिइन्। उनीहरु दुवैको उपचार खर्च अखिल नेपाल फुटबल संघ (एन्फा) ले व्यहोर्नेछ।

राष्ट्रिय महिला लिगमा गत माघ १० गते विराटनगर महानगरपालिकाविरुद्धको खेलका दौरान ल्यान्डिङ गर्ने क्रममा उनको घुँडामा चोट लागेको थियो। चोटका कारण उनले लिगका बाँकी खेल गुमाएकी थिइन्। नेपाल एपीएफ क्लवको दोस्रो खेलमा हिराले चोट बोकेकी थिइन्।

हिराको घुँडाको ‘मिडिल मिनिस्कस टेयर’ भएको देखिएपछि शल्यक्रिया गरिएको हो। हिरालाई मैदान फर्कन २ देखि ३ महिना लाग्ने फिजियोथेरापिष्ट श्रेष्ठले बताइन्।

२०७० मा एपीएफमा आबद्ध भएकी हिरा २०७२ मा राष्ट्रिय टोलीकी सदस्य रहँदै आएकी छिन्। उदयपुर कटारीकी उनी राष्ट्रिय टोली र क्लबबाट लेफ्ट ब्याकबाट खेल्दै आएकी छिन्।

उता समिक्षाको एन्टेरियर क्रुसिएट लिगामेन्ट (एसिएल) गएपछि उनको पनि शल्यक्रिया गरिएको हो। समिक्षालाई मैदान फर्कन ६ देखि ९ महिना लाग्नेछ। रौतहटबाट महिला लिगमा सहभागी समिक्षाले एपीएफसँगको पहिलो खेलमा नै चोट बोकेकी थिइन्। उमेर समूहबाट नेपाली टोलीको प्रतिनिधित्व गरेकी उनले यु १८ र १९ समूहबाट खेलिसकेकी छिन्।

यस्तै गत फागुन ३ गते राष्ट्रिय टोली तथा एपीएफकै फरवार्ड सावित्रा भण्डारीलाई पनि घुँडामा चोट लागेको थियो। सावित्राको घुँडाको शल्यक्रिया भने कतारमा गराउनका लागि पहल भइरहेको छ।

एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले भने, ‘प्रक्रिया पूरा भइसकेको छ, उता कोरोनाको लकडाउनले गर्दा भिसा पठाएको छैन। यहाँबाट जाँदा २१ दिन क्वारेन्टिन बस्नुपर्ने हुन्छ। त्यही भएर भिसा आएको छैन। हामीले गर्नुपर्ने प्रक्रिया पूरा भइसकेको छ।

यस्तै राष्ट्रिय टोलीका मिडफिल्डर तथा रुस्लान थ्री स्टार क्लबका कप्तान विक्रम लामा स्वदेश फर्किएका छन्। उपचारका लागि कतार गएका विक्रम झन्डै ३ महिना पछि नेपाल आएका हुन्।

दुई वर्षअघि चोट लागेपछि शल्यक्रिया गरेर खुट्टामा राखिएको सपोर्ट निकाल्न विक्रमको कतारस्थित अस्पेटारमा माघ २० गते शल्यक्रिया भएको थियो। दायाँ खुट्टाको टिबिया र फिबुलामा चोट लागेपछि उनको शल्यक्रिया गरेर सपोर्ट राखिएको थियो। उपचारकै लागि कतार पुगका विमलको भने उतै छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .