ad ad

खेल


महिला क्रिकेट टोलीको प्रशिक्षकमा जगत टमटा

महिला क्रिकेट टोलीको प्रशिक्षकमा जगत टमटा

नेपालखबर
चैत २९, २०७७ आइतबार १४:३९,

महिला राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा जगत टमटालाई जिम्मेवारी दिइएको छ।

नेपाल क्रिकेट संघको मुलपानीमा आइतबार सम्पन्न बैठकले टमटालाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिने निर्णय गरेको हो।

यस्तै सोही बैठकले मे को तेस्रो हप्तामा नामिबिया सँग एक दिवसीय क्रिकेट सिरिज सञ्चालनको तयारी गर्ने, एप्रीलको तेस्रो हप्तादेखि नेपाली महिला राष्ट्रिय क्रिकेट टिम र उत्तराखण्ड महिला क्रिकेट टिम, भारत बिच टी–२० र एक दिवसीय मैत्रिपुर्ण प्रतियोगिता सञ्चालनको तयारी गर्ने निर्णय गरेको छ।

यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको सञ्चालन गर्न मुख्य प्रायोजक वाई वाई सँग सम्झौता हुने भएको छ।

यस्तै १८-१८ जना पुरुष र महिला क्रिकेट खेलाडीहरुको २०२१ को सम्झौता गर्न आगामी मे १५ सम्म बोर्डलाई खेलाडीहरू छनोट गर्दै प्रतिवेदन पेस गरिने भएको छ। यसका लागि राजुबाबु श्रेष्ठ, सञ्जय राज सिंह र प्रशान्त विक्रम मल्ल गरी ३ सदस्यीय समिति गठन भएको छ।

समितिले एक्सपर्टको रूपमा थप दुई जना सदस्यलाई सम्झौताका लागि छनोट गर्न आमन्त्रित गर्ने छ। राष्ट्रिय खेलकुद परिसदको सहयोग एवम् नेपाल क्रिकेट संघको आयोजनामा प्रमुख प्रशिक्षक डेभ वाटमोरको कार्यक्रमलाई राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षणमा असर नपर्ने गरी अन्य प्रदेशहरुमा समेत निरन्तरता दिने निर्णय गरिएको क्यानले जनाएको छ।

२०२१ को दोस्रो क्वाटरमा अम्पायर, स्कोरर र प्रशिक्षकको लेभल–१ तहको ट्रेनिङ सञ्चालन गर्ने र प्रशिक्षक संघले बोर्डमा पेस गरेको विधानलाई मान्यताका लागि थप अध्ययन गर्दै संघको अर्को बैठकमा पेस गर्ने निर्णय भएको छ।

संघमा रहेको बेरुजु फर्छयोटका लागि ३५ दिने सार्वजनिक सूचना निकाल्ने निर्णय गरिएको छ। १०। संघ अन्तर्गत गठन भएका विभिन्न समितिहरुलाई विधानले तोके बमोजिम कार्य गर्ने गरी पूर्णता दिने निर्णय भएको संघका सचिव अशोकनाथ प्याकुर्‍यालले जानकारी दिए।

अनुशासन समितिको संयोजकमा सैलेश कर्माचार्य, उप–संयोजकमा रतन कठायत, सदस्यहरुमा नारायण अर्याल र अजय वीर पाण्डे, क्रिकेट समितिको उप संयोजकमा दिवाकर घले, सदस्यहरुमा पदम खडका, करण महत्रा र विनय राजभण्डारी, छनोट समितिमा वासुदेव जोशी, एन्टी करप्सन युनिटमा मिलन बस्नेत, कुवेर चन्द र रितेस सिंह मनोनित भएका छन्।

त्यसैगरी महिला क्रिकेट विकास समितिमा उपसंयोजकमा प्रदीप मजगैया, सदस्यहरुमा निरा राजोपाध्याय, जिना श्रेष्ठ, अनिल शर्मालाई मनोनीत गर्ने निर्णय गरिएको क्यानले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .