खेल


डब्लूसीसीसी १० विकेटले पराजित गर्दै भारतमा नेपाल पुलिसको विजयी सुरुवात

डब्लूसीसीसी १० विकेटले पराजित गर्दै भारतमा नेपाल पुलिसको विजयी सुरुवात

नेपालखबर
चैत २७, २०७७ शुक्रबार १३:१६,

भारतको सिक्किममा जारी खानचेन्डजोंगा शिल्ड ‘ए’ डिभिजन क्रिकेट सुपर लिगमा नेपाल पुलिस क्लबले विजयी सुरुवात गरेको छ।

शुक्रबार भएको पहिलो खेलमा समूह ‘ए’ मा रहेको पुलिस क्लवले ह्वाइट कन्च क्रिकेट क्लब (डब्लूसीसीसी) लाई १० विकेटले पराजित गर्दै सानदार सुरुवात गरेको हो।

६३ रनको लक्ष्य पछ्याएको पुलिस क्लवले ७ दशमलव ४ ओभरमा कुनै विकेट नगुमाइ भेट्टायो।

ओपनर सुनिल धमला ३० बलमा ३ चौका र १ छक्कासहित २९ रनमा अविजित रहे। अमित श्रेष्ठ १७ बलमा ४ चौका सहित २१ रनमा अविजित रहे।

त्यसअघि सिक्किम क्रिकेट ग्राउन्ड राङ्पोमा पहिला ब्याटिङ गरेकोे डब्लूसीसीसीले २४ दशमलव ५ ओभरमा ६२ रनमा अल आउट भयो। कसिलो बलिङ गरेका पुलिस क्लवका खेलाडीसामू डब्लूसीसीसीका ९ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्। विनित कुमारले ३१ बलमा २ चौका र १ छक्कासहित सर्वाधिक २३ रनको योगदान दिए। यवार हुसेनले १४, नसुन तामाङ १, कप्तान गणेश क्षेत्री र जावेद अन्सारीले खाता खोल्न सकेनन्।

पुलिस क्लवका तीव्र गतिका बलर राशिद खान र स्पिनर सागर ढकालले समान २ विकेट लिए। अनिल खरेलले ५ बलमा ६ रन खर्चेर २ विकेट हात पारे। योगेन्द्रसिंह कार्की र गुलशन झाको नाममा १–१ विकेट रह्यो। पुलिसले दोस्रो खेलमा शनिबार रोयल नर्थन ब्रोर्दशसँग खेल्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .