यूईएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलको पहिलो लेगमा चेल्सीले एफसी पोर्टोलाई पराजित गरेको छ।
बुधबार राति भएको खेलमा चेल्सीले पोर्टोलाई उसकै मैदानमा २–० गोल अन्तरले पराजित गरेको हो।
चेल्सीको जितमा मेसन माउन्ट र बेन चिलवेलले एक एक गोल गरे।
खेलको ३२औं मिनेटमा जोर्गिन्होको पासमा माउन्टले गोल गर्दै चेल्सीलाई सुरुवाती अग्रता दिलाएका थिए।
पहिलो हाफमा १–० ले अग्रता बनाएको चेल्सीले दोस्रो हाफमा थप एक गोल गर्यो। खेलको ८५औं मिनेटमा चिलवेलले अर्को गोल थप्दै अग्रता दोब्बर पारे।
जितसँगै चेल्सीले च्याम्पियन्स लिगको सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ। दोस्रो लेग चेल्सीको मैदानमा १३ अप्रिलमा हुनेछ।

प्रतिक्रिया