खेल


साविक विजेता बायर्नलाई हराउँदै पीएसजीले बनायो सेमिफाइनल पुग्ने सम्भावना बलियो

साविक विजेता बायर्नलाई हराउँदै पीएसजीले बनायो सेमिफाइनल पुग्ने सम्भावना बलियो

नेपालखबर
चैत २६, २०७७ बिहिबार १:२३,

पेरिस सेन्ट जर्मेन (पीएसजी) ले यूईएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलको पहिलो लेगमा साविक विजेता बायर्न म्युनिखलाई पराजित गरेको छ।

बुधबार राति भएको खेलमा पीएसजीले बायर्नलाई उसकै मैदानमा ३–२ गोल अन्तरले पराजित गरेको हो।

पीएसजीको जितमा केलियन एमबाप्पेले दुई तथा मार्किन्हसले एक गोल गरे। बायर्नका इरिक म्याक्सिम चुपो मोटिङ र थोमस मुलरले गोल फर्काएपनि हार टार्न सकेनन्।

खेलको तेस्रो मिनेटमा नै गोल गर्दै पीएसजीका केलियन एम्पापेले टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए।

२८औं मिनेटमा मार्किन्हसले गोल गर्दै पीएसजीको अग्रता दोब्बर पारे। दुवै गोलमा नेयमारले पास दिएका थिए।

खेलको ३७औं मिनेटमा इरिक म्याक्सिम चुपो मोटिङले गोल फर्काँउदै खेललाई २–१ को अवस्थामा ल्याए।

खेलको ६०औं मिनेटमा थोमस मुलरले गोल गर्दै खेललाई बराबरीामा ल्याएका थिए। ६८औं मिनेटमा एमबाप्पेले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै पीएसजीलाई ३–२ को अग्रता दिलाएका थिए।

जितसँगै पीएसजीले च्याम्पियन्स लिगको सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ। दोस्रो लेग पीएसजीको मैदानमा १४ अप्रिलमा हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad