खेल


महिला तथा पुरुष क्लब लिग भलिबलः आर्मीलाई पराजित गर्दै हेल्प नेपाल फाइनलमा

महिला तथा पुरुष क्लब लिग भलिबलः आर्मीलाई पराजित गर्दै हेल्प नेपाल फाइनलमा

नेपालखबर
चैत २४, २०७७ मंगलबार १२:१५,

आर्मीलाई पराजित गर्दै हेल्प नेपाल महिला तथा पुरुष क्लब लिग भलिबलको पुरुषतर्फको फाइनलमा प्रवेश गरेको छ।

एक खेल बाँकी छदै हेल्प नेपालले फाइनलमा स्थान पक्का गरेको हो। हेल्प नेपालले लिगको अन्तिम खेलमा बुधबार नेपाल एपीएफ क्लबसँग खेल्नेछ ।

अपराजित रहेको हेल्प नेपालको ५ खेलबाट १५ अंक पुगेको छ । दोस्रो स्थानमा रहेको नेपाल एपिएफ क्लबको १० अंक छ । आर्मीको ९ अंक छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा मंगलबार भएको खेलमा सुरुदेखि नै अग्रता लिएको हेल्प नेपालले पहिलो सेट २५–१६ ले सहजै आफ्नो पक्षमा पारेको थियो।

प्रतिस्पर्धात्मक दोस्रो सेटमा आर्मीले चुनौती दिए पनि हेल्प नेपालले २५–१९ ले आफ्नो पक्षमा पारेको थियो। तेस्रो सेट हेल्प नेपालले २५– १६ ले सहजै आफ्नो पक्षमा पार्दै आर्मीलाई सोझो सेटमा पाखा लगायो।

प्रतियोगितामा पुरुषतर्फ ७ तथा महिलातर्फ ६ टोलीको सहभागिता छ। लिगपछि शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ। लिग अवधिभर खेलाडी र अफिसियलको बीमा गरिने संघले जनाएको छ।

प्रतियोगिताको पुरुष र महिला दुवैतर्फको विजेताले ३ लाख रुपैयाँ हात पार्नेछन्। दोस्रो हुनेले १ लाख ७५ हजार, तेस्रोले ७५ हजार तथा चौथो हुने टोलीले ३७ हजार ५ सय प्राप्त गर्नेछन्।

प्रतियोगिताको सर्वोत्कृष्ट पुरुष र महिला खेलाडीले समान २५–२५ हजार प्राप्त गर्नेछन्। व्यक्तिगत विधाका उत्कृष्ट लिवेरो, स्पाइकर, ब्लकर, सर्भर, सेटर र प्रशिक्षकले जनही १०–१० हजार हात पार्नेछन् ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad