नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कर्णाली प्रदेश टिकाउनका लागि आफूले अन्तिम समयसम्म प्रयत्न गर्ने बताएका छन्।
मंगलबार रुकुमको सदरमुकाम खलंगामा आयोजित जनसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले कर्णाली प्रदेश सरकारबारे आफूहरु अहिले पनि छलफलमै रहेको बताए।
‘कर्णाली प्रदेशमा हाम्रो सरकार थियो, हाम्रो सरकारका विरुद्ध अन्तिम रुपमा त्यसलाई अपदस्त गर्ने प्रोसेस भएको छ’, प्रचण्डले भने, ‘म आफै पनि लागिरहेको छु, सकेसम्म हाम्रो नेतृत्वको सरकार बचोस्। हामी अहिले पनि छलफलमा छौँ, यो कार्यक्रमपछि पनि लाग्छौँ।’
उनले प्रदेश सरकार अपदस्त भयो भने पनि प्रमुख प्रतिपक्षमा बसेर जनतामा जाने र फेरि सत्तामा आउने बताए।
‘सबै मिलेर अपदस्तै गर्ने बन्यो भने पनि हामी अपदस्त हुँदैनौँ, हामी प्रमुख प्रतिपक्षका रुपमा जनताको साथमा बसेर फेरि केसी समयभित्रै सरकार कब्जा गर्ने ठाउँमा पुग्नेछौँ’, उनले भने।
अध्यक्ष प्रचण्डले अब आफू काठमाडौँमा कम र जिल्लामा बढी बस्ने र फेरि एक पटक क्रान्तिको नेतृत्व गर्ने बताए।
अध्यक्ष प्रचण्डले अबको निर्वाचनमा राष्ट्रिय रुपमा पनि माओवादी विजय हुने दावी गरे।

प्रतिक्रिया