खेल


एनभीए भलिबल कपमा पुलिसलाई जित्दै न्यू डायमन्ड शीर्ष स्थानमा उक्लियो

एनभीए भलिबल कपमा पुलिसलाई जित्दै न्यू डायमन्ड शीर्ष स्थानमा उक्लियो

नेपालखबर
चैत २४, २०७७ मंगलबार ७:४०,

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद राखेपको कभर्डहलमा भएको खेलमा डायमन्डले पुलिसमाथि ३–० को सोझो सेटमा जित निकालेको हो।

मंगलबार सम्पन्न खेलमा जित निकालेर शीर्षस्थानमा पुगेको न्यू डायमन्डले फाइनल पुग्ने सम्भावना बलियो बनाएको छ।

एकपक्षीय खेलमा डायमन्डले पहिलो सेटमा २५–२२, दोस्रो सेटमा पनि २५–२२ र अन्तिम सेटमा २५–१६ को आकर्षक जित निकालेको हो।

जितपछि डायमन्डको ५ खेलबाट ११ अंक पुगेको छ। दोस्रो स्थानमा रहेको एपीएफको पनि ११ अंक नै छ। आर्मी र पुलिसको समान ८–८ अंक छ।

भरतपुर महानगर खेलकुद परिषद र ढोरपाटन स्पोर्ट्स क्लब भने लिग चरणबाट बाहिरिसकेको छ।

यस्तै मंगलबारै भएको अर्को खेलमा नेपाल एपीएफ क्लबले भरतपुर महानगर खेलकुद परिषदलाई २५–१३, २५–७ र २५–९ को सोझो सेटमा जित निकालेको छ। एपीएफले पनि फाइनलमा स्थान बनाउने सम्भावना बलियो बनाएको छ।

अब बुधबार हुने लिग चरणको अन्तिम खेलमा आर्मी र पुलिस तथा डायमन्ड र एपीएफबीच प्रतिस्पर्धा हुनेछ।

प्रतियोगितामा पुरुषतर्फ ७ तथा महिलातर्फ ६ टोलीको सहभागिता छ। लिगपछि शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad