नेपाल क्रिकेट संघ (क्यान)ले त्रिदेशीय टी२० प्रतियोगिताका लागि राष्ट्रिय टोलीलाई प्रशिक्षणमा बोलाएको छ।
यही चैत २४ देखि सुरु हुने क्लोज क्याम्पमा २० खेलाडीहरूलाई बोलाइएको हो।
आगामी वैशाख ४, २०७८ देखि काठमाडौंमा नेपाल, नेदरल्याण्ड र मलेसिया सम्मिलित ‘बजाज पल्सर ट्राई नेसन सिरिज’ आयोजना हुँदै छ।
बोलाइएकाहरुमा ज्ञानेन्द्र मल्ल, विनोद भण्डारी, सन्दीप लामिछाने, आसिफ सेख, लोकेस बम, साहब आलम, पवन सर्राफ, पारस खडका, सोमपाल कामी, अविनाश बोहरा, कुशल भुर्तेल, कमल सिंह ऐरी, सन्दीप जोरा, ललित नारायण राजवंशी, दीपेन्द्र सिंह ऐरी, करण केसी, आरिफ सेख, कुशल मल्ल, सुशन भारी र विक्रम सोब रहेका छन्।

प्रतिक्रिया