नेकपा–एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अब आफूहरुसामु तीन वटा विकल्प रहेको बताएका छन्।
‘एउटा विकल्प केपी ओलीको टाङमुनी छिर्ने र ओलीसामु आत्मसर्पण गर्ने हो,’ काठमाडौंमा आइतबार आयोजित कार्यक्रममा नेता नेपालले भने, ‘दोस्रो विकल्प चाहिँ राजनीति नै छाडेर, गेरुवस्त्र लगाएर, वैराग जागेर निराश भएर हिंड्ने हो तर यी दुवै विकल्प हामीलाई स्वीकार्य छैन।’
उनले आफूहरुले पार्टीलाई सहि बाटोमा अघि बढाउने विकल्प रोज्ने बताए।
त्यसका लागि गलत प्रवृत्तिविरुद्ध दृढताका साथ जुध्ने बताए।
‘हामी पिठ्यु फर्काएर भाग्नेवाला छैनौं, दृढताका साथ छाति अगाडि सारेर सिना तानेर अघि बढ्छौं,’ उनले कार्यकर्ता भेलामा भने, ‘हामी सहि बाटो र विचारमा छौं, यहिअनुसार अघि बढ्न म आग्रह गर्छु।’
पार्टी उपाध्यक्ष वामदेव गौतमलाई सहकार्यका लागि आह्वान गरेका छन्।
भिडियो:

प्रतिक्रिया