ad ad

खेल


आरबीबी एनभीए कप भलिबल प्रतियोगितामा पुलिस र एपीएफकाे विजयी सुरुआत

आरबीबी एनभीए कप भलिबल प्रतियोगितामा पुलिस र एपीएफकाे विजयी सुरुआत

नेपालखबर
चैत १९, २०७७ बिहिबार १५:५६,

विभागीय टोली नेपाल पुलिस क्लब र एपीएफ क्लबले आजबाट राजधानीमा सुरु भएको पाँचौ आरबीबी एनभीए कप राष्ट्रिय महिला तथा पुरुष लिग भलिबल च्याम्पियनसिपमा विजयी सुरुआत गरेका छन्।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कर्भडहलमा भएको पुरुषको पहिलो खेलमा नेपाल पुलिस क्लबले नयाँबजार सामाजिक युवा क्लब माथि २५–९, २५–२१ र २५–१६ ले पराजित गर्दै ३ अंक बटुल्न सफल भयो।

यस्तै पुरुषकै अर्को खेलमा एपिएफ क्लबले र बुलबुले रारा क्लबमाथि ३–१ को रोमाञ्चक जित निकाल्यो।

पहिलो र दोश्रो सेटमा बुलबुलेलाई २५–२०, २८–२६ ले पराजित गर्दै बिजयको निकट पुगेको एपिएफ क्लब तेश्रो सेटमा पराजित हुन पुग्यो।

तीन पाकिस्तानी खेलाडी सहित मैदान उत्रेको बुलबुलेले तेश्रो सेटमा एपीएफ माथि २५–१८ को जित हात पार्‍यो। चौथो सेटमा एपिएफले जित निकाल्दै आफ्नो खातामा ३ अंक जोड्न सफल भयो। रोमाञ्चक चौथो सेटमा एपिएफले ३२–३० को जित निकाल्दै जितलाई आफ्नो पक्षमा पार्न सफल भएको हो।

महिला तर्फ ह्वाङ्गजी न्यू डायमण्डले पहिलो खेलमा जित हात पार्दै महत्वपूर्ण ३ अंक बटुल्न सफल भयो।

डायमण्डले एकतर्फी खेलमा ढोरपाटन स्पोर्टस् क्लबलाई २५–६, २५–२ र २५–५ ले पराजित गरेको हो। चैत २८ गते सम्म सञ्चालन हुने प्रतियोगितामा महिला तर्फ ६ र पुरुषतर्फ ७ टोलीले प्रतिस्पर्धा गर्दैछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .