खेल


१३औँ साग: सुदूरपश्चिमबाट ४४ खेलाडी छनोट

१३औँ साग: सुदूरपश्चिमबाट ४४ खेलाडी छनोट

रासस
साउन २८, २०७६ मंगलबार ११:०,

काठमाडौँ र पोखरामा प्रतियोगिताको तयारी भईरहेको छ। देशका सबै प्रदेश र सुरक्षा निकायका विभागीय टोलीबाट छनौटमा परेका खेलाडी यतिबेला विभिन्न क्षेत्रमा छरिएर बन्द प्रशिक्षणमा व्यस्त छन्।

त्यसैगरी सुदूरपश्चिम प्रदेशबाट विभिन्न खेलका लागि सागमा सहभागी हुन महिला तथा पुरुष गरी ४४ खेलाडी सहभागी भइरहेको सुदूरपश्चिम क्षेत्रीय खेलकूद प्रशिक्षण केन्द्रका निर्देशक एवं बक्सिङ ओलम्पियन विष्णुबहादुर सिंहले जानकारी दिए।

सुदूरपश्चिमबाट तेक्वान्दो खेलमा एक महिला बन्द प्रशिक्षणमा छिन्। बक्सिङबाट एक महिला-एक पुरुष, ब्याडमिन्टनमा एक पुरुष, भारोत्तलनमा दुई पुरुष खेलाडी सागको बन्द प्रशिक्षणमा रहेको निर्देशक सिंहले जानकारी दिए।

त्यसैगरी उसुबाट दुई महिला-दुई पुरुष, हक्कीमा सात पुरुष, तीन महिला, कबड्डीमा चार महिला दुई पुरुष, ह्याण्डबलमा एक महिला÷एक पुरुष, कुस्तीमा आठ महिला दुई पुरुष र कराँतेमा दुई महिला र छ पुरुष खेलाडी बन्द प्रशिक्षणमा रहेको निर्देशक सिंहले बताए।

'१३औँ सागमा सुदूरपश्चिमका कुस्ती खेलाडीले नेपाललाई पदक दिलाउनेमा बढी आशावादी हुने ठाउँ छ', निर्देशक सिंहले भने, 'साग हुनु एक-डेढ महीनाअघि फेरि अन्तिम छनौट हुन्छ।' उनले भने, 'साग हुनुअघि अन्तिम छनौटमा पास हुने खेलाडी सागमा सहभागी हुन पाउनेछन।'

गत चैतमा भएको बृहत् राष्ट्रिय खेलकूद प्रतियोगितामा कुस्ती खेलमा सुदूरपश्चिम प्रदेशले महिलातर्फ १० मध्ये ६ स्वर्ण जितेको थियो। यहाँबाट छनौटमा परेका खेलाडी काठमाडौँ, हेटाैँडालगायत विभिन्न स्थानमा बन्द प्रशिक्षणमा रहेको सुदूरपश्चिम क्षेत्रीय खेलकूद विकास समितिका अध्यक्ष लालबहादुर शाहीले बताए।

यसअघि आठौँदेखि १२औँ सागसम्म तेक्वान्दोमा चार स्वर्ण दिलाउने कीर्तिमानी खेलाडी दीपक विष्ट सुदूरपश्चिमकै हुन्। 'सुदूरपश्चिम खेलकूदको उर्वरभूमि नै हो”, अध्यक्ष शाहीले भने, 'भौतिक पूर्वाधार र खेलाडीको मनोबल बढाउने खालका कार्यक्रम यहाँ हुन सक्यो भने प्रतिभावान् खेलाडी जन्माउन सकिन्छ।' केही समय कञ्चनपुरमा सागको महिला कुस्तीको टोलीले बन्द प्रशिक्षण गरेकोमा हाल हेटाैँडा सारिएको छ।

त्यसैगरी कञ्चनपुरका बक्सिङ प्रशिक्षक तथा ओलम्पियन डम्बरदत्त भट्ट यतिबेला ललितपुरको सातदोबाटोमा बक्सिङको बन्द प्रशिक्षणमा व्यस्त छन्। 'सागको शुरुआत नै नेपालबाट भएको हो', ओलम्पियन भट्टले भने, 'बक्सिङको बन्द प्रशिक्षणमा खेलाडी मिहिनेतसाथ प्रशिक्षणमा व्यस्त छन्।'

बक्सिङको बन्द प्रशिक्षणका ३५ मध्ये २० खेलाडीलाई बाह्य प्रशिक्षणका लागि थाइल्याण्ड पठाइएको भट्टले बताए। सुदूरपश्चिमबाट हाल बन्द प्रशिक्षणमा रहेका आठ महिलामध्ये अन्तिम छनौटमा पाँचा खेलाडी पर्नेमा आफू आशावादी रहेको कञ्चनपुरका कुस्ती प्रशिक्षक राजेन्द्र चन्दको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad