खेल


थ्री नेसन्स कप फुटबलको उपाधि नेपाललाई, बंगलादेशमाथि २–१ को जित

थ्री नेसन्स कप फुटबलको उपाधि नेपाललाई, बंगलादेशमाथि २–१ को जित

नेपालखबर
चैत १६, २०७७ सोमबार १३:५१,

नेपालले थ्री नेसन्स कप अन्तर्राष्ट्रिय फुटबलको उपाधि जितेको छ। सोमबार साँझ दशरथ रंगशालामा बंगलादेशलाई २–१ ले पराजित गर्दै नेपालले घरेलु मैदानमा उपाधि उचालेको हो।

नेपालले दुवै गोल पहिलो हाफमा गरेको थियो भने बंगलादेशले ८३ औं मिनेटमा १ गोल फर्काएको थियो।

नेपाल खेलको पहिलो हाफमै दोहोरो गोल गर्दै बंगलादेशमाथि हाबी भएको थियो। खेलको १८ औं मिनेटमा संजोग राईले गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाए।

सुनिल बलको कर्नरलाई बंगलादेशी डिफेन्डरले क्लियर गर्न नसक्दा पाएको मौकालाई संजोगले कुनै गल्तीबिनै जाली चुमाउँदा नेपालले उपाधि होडलाई बलियो मात्रै बनाएन ७ खेलदेखिको गोलको

खडेरी समेत तोड्न सफल भयो। संजोगले गत शनिबार बंगलादेशविरुद्धको खेलमै डेब्यु गरेका हुन्। टिमका लागि उनको यो पहिलो गोल हो।

त्यसपछि दबाबमा आएको बंगलादेशले ४२ औं मिनेटमा अर्को गल्ती गर्दा नेपालले दोहोरो अग्रता बनायो। रञ्जित धिमालको लामो पासलाई मिडफिल्डर विशाल राईले सहजै जाली चुमाए।

यसअघिका दुवै खेल नेपालले गोलरहित बराबरी खेलेको थियो। बिहीबार किर्गिजस्तानसँग र शनिबार बंगलादेशसँग बराबरीखेल्दै नेपाल फाइनलमा पुगेको हो। बंगलादेशले भने किर्गिजस्तानलाई १–० ले पराजित गर्दै उपाधि भिडन्त पक्का गरेको हो।

आजको खेलमा प्रशिक्षक बालगोपाल महर्जनले टिममा केही परिवर्तन गरेका थिए। रविशंकर पासवान र अभिषेक रिजालको ठाउँमा उनले सुनिल बल र विशाल राईलाई खेलाएका हुन्।

नेपाल र बंगलादेश २२ वर्षपछि उपाधिका लागि भिडेका हुन्। सन् १९९९ मा भएको साफको फाइनलमा बंगलादेशले नेपाललाई १–० ले निराश बनाएको थियो। २२ वर्षपछि उही रंगशालामा भएको सोमबारको भेटमा नेपालले बदला लिएको हो।

पहिलो हाफको तुलनामा दोश्रोहाफमा बंगलादेशले दबाब सिर्जन गरे पनि किरणले उत्कृष्ट बचाउ गर्दा नेपालले उपाधि रक्षा गरेको हो।

यसैबीच पूर्व कप्तान तथा डिफेन्डर बिराज महर्जनले भने बंगलादेशसँगको खेलसँगै राष्ट्रिय टिमबाट सन्यास लिएका छन्। अन्तिम मिनेटमा त्रिदेव गुरुङको स्थानमा मैदान छिर्दै उनले राष्ट्रिय टिमबाट अन्तिम खेल खेलेका हुन्।

यो पनि : स्वदेशी भूमिमा ३७ वर्षपछि नेपाललाई उपाधि

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad