त्रिदेशीय फुटबल प्रतियोगिताको उपाधिका लागि नेपाल आज बंगलादेशसँग भिड्दै छ।
काठमाडौंस्थित दशरथ रंगशालामा आज साँझ साढे ५ बजे सुरु हुने फाइनल खेलमा नेपाल–बंगलादेश आमनेसामने हुने भएका हुन्।
लिग चरणको अन्तिम खेलमा शनिबार साँझ बंगलादेशसँग गोलरहित बराबरी खेल्दै नेपाल फाइनलमा पुगेको हो।
फाइनलको पूर्वसन्ध्यामा पत्रकार सम्मेलन गर्दै प्रशिक्षक बालगोपाल महर्जनले नेपालले उपाधि जित्ने दाबी गरेका छन्।
अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजना गरेको त्रिदेशीय प्रतियोगितामा नेपाल, बंगलादेश र किर्गिस्तानको २३ वर्षमुनिका टोली सहभागी छन्।

प्रतिक्रिया