पोर्चुगलले सुरुवाती २ गोल गर्दा सर्बियाले दोस्रो हाफमा बराबरी गोल फर्काएको थियो।
पोर्चुगलले खेलको ११ औं र ३६ औं मिनेटमा गोल गरेको थियो। दुवै गोल डिएगो जोटाले गरेका थिए।
यस्तै सर्बियाका लागि ३६ औं मिनेटमा एलेक्सान्डर मिट्रोभिक र ६० औं मिनेटमा फिलिप कोस्टिकले गोल फर्काएका थिए।
त्यसपछि निर्धारित ९० मिनेटसम्म दुवै टोलीले गोल गर्न सकेका थिएनन्। खेलमा ३ मिनेट थपिएको थियो।
— ESPN FC (@ESPNFC) March 27, 2021Cristiano Ronaldo walked off the pitch before the final whistle at the end of the Serbia-Portugal game, and threw his captain's armband in frustration. pic.twitter.com/I2i9uwkPhM
उक्त अतिरिक्त समयमा रोनाल्डोले खेल सकिनै लाग्दा उत्कृष्ट गोल गरेका थिए।
तर उक्त गोलले मान्यता पाएन। सो गोललाई अमान्य भन्ने कुनै कारण पनि छैन तर रेफ्रीले बलले पोस्ट लाइन कटेको नदेखेपछि त्यसले गोलको मान्यता नपाएको हो।
यो गोल हो या होइन भनेर भार प्रविधिको पनि प्रयोग गरिएको थिएन।
आफूले गरेको स्पष्ट गोलले मान्यता नपाएपछि रोनाल्डोले मैदानमै क्याप्टेन ब्यान्ड फालेका थिए।
— CYRIL. (@cyrildatubo) March 27, 2021Unbelievable. How is this not a goal? Ronaldo robbed off a last minute winning goal and where is VAR or GOAL LINE TECH when you need it the most? #Ronaldo pic.twitter.com/KLQFGakr1D
Shares

प्रतिक्रिया